फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवा कार्यकर्ताहरूमा सातवटा क्षमता हुनुपर्ने कुरामा नेता सीको जोड

(GMT+08:00) 2020-10-11 19:39:14

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका सर्वोच्च नेता सी चिन फिङले अक्टोबर १० तारिख व्यावहारिक समस्याहरू समाधान गर्ने क्षमता सुधार गर्नु वर्तमान जटिल अवस्था र कठिन कार्यहरू पूर्ण गर्न नितान्त आवश्यक रहेको कुरामा जोड दिनुभयो।

१० तारिख बिहान नेता सीले सन् २०२० को शरद ऋतु सत्रमा सीपीसी केन्द्रीय कमिटीको पार्टी स्कुलमा युवा र मध्यम आयु वर्गका कार्यकर्ताहरूका लागि प्रशिक्षण कक्षाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो।

आफ्नो सम्बोधनमा नेता सीले आज विश्वमा ठूला परिवर्तनहरू भइरहेको र बाह्य वातावरणले बढी अस्थिरता तथा अनिश्चितता सिर्जना गरेको औँल्याउनुभयो। उहाँले अर्को वर्ष चीन "चौधौँ पञ्चवर्षीय योजना" अवधिमा प्रवेश गर्ने र चौतर्फी रूपमा समाजवादी आधुनिक राष्ट्र निर्माणको नयाँ यात्रामा प्रवेश गर्ने भन्दै समस्याहरू समाधान गर्न जटिल हुँदै जाने बताउनुभयो। उहाँले कार्यकर्ताहरू, विशेष गरी युवा कार्यकर्ताले सातवटा क्षमता सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभयो। ती सातवटा क्षमतामा राजनीतिक क्षमता, अनुसन्धान क्षमता, वैज्ञानिक निर्णय लिने क्षमता, सुधार क्षमता, आपतकालीन प्रतिक्रिया क्षमता, जनतासँग काम गर्न सक्ने क्षमता र कार्यान्वयन क्षमता हुन्।

जानकारी तथा लेखहरु