फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा सेनेगलका राष्ट्रानायकबीच बधाइ सन्देश आदानप्रदान

(GMT+08:00) 2020-10-12 16:27:14

अक्टोबर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन-अफ्रिका सहयोग मञ्चको अध्यक्ष मुलुक सेनेगलका राष्ट्रपति म्याकी सेलबीच सो सहयोग मञ्च स्थापित भएको बीसौं वार्षिकोत्सवको सन्दर्भमा बधाइ सन्देश आदानप्रदान भएको छ।

बधाइ सन्देशमा राष्ट्राध्यक्ष सी तथा सेनेगलका राष्ट्रपति सेलले व्यापक अफ्रिकी मुलुकहरूसँगै यो अर्थपूर्ण अवधिलाई मनाउने इच्छा व्यक्त गर्नुभएको छ।

बितेका २० वर्षयता चीन-अफ्रिकी सहयोग मञ्च नै चीन-अफ्रिका सामूहिक वार्ताको लागि महत्वपूर्ण, सक्रिय मञ्च तथा वस्तुगत सहयोगको प्रभावकारी प्रणाली बनेको छ।

सन् २०२१ मा सेनेगलमा आयोजना हुने चीन-अफ्रिका सहयोग मञ्चबाट साझा लक्ष्यको कार्यान्वयनलाई अघि बढाउने विश्वास पनि उहाँहरूले गर्नुभएको छ।

जानकारी तथा लेखहरु