|
|
|
|||||||||
|
||
इण्डोनेशियाका राष्ट्रपतिका विशेष दूत तथा फिलिपिन्सका विदेश मन्त्रीको चीन भ्रमणपछि चीनका परराष्ट्र मन्त्री वाङ यीले अक्टोबर ११ तारिखदेखि कम्बोडिया, मलेशिया, लाओस, थाइल्याण्ड तथा सिंगापुरको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ। यो नै महामारीको सामान्य बन्नेपछि चीन तथा आशियानले महामारीपश्चात् आपसी आदानप्रदान तथा सहयोगलाई अघि बढाउने अर्को चरणको कूटनैतिक अन्तर्क्रिया हो जसबाट विभिन्न मुलुकको आर्थिक पुनरूत्थान तथा सामाजिक विकासको लागि सहयोगी साथै बहुपक्षीयतावादमार्फत् क्षेत्रीय लगायत विश्वको शान्ति तथा विकासमा नयाँ जीवन्त शक्ति थपिने विश्वास गरिएको छ।

प्राप्त तथ्याङ्क अनुसार, चालू वर्षको जनवरी-अगष्टसम्म चीन तथा आशियान बीचको व्यापारमा संलग्न रकम ४ खरब १६ अरब ५५ करोड अमेरिकी डलर बराबर भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३.८ प्रतिशतले वृद्धि भएको छ र आशियान चीनको पहिलो ठूलो व्यापर साझेदार बनेको छ।

चीन-आशियान बीचको सहयोग गहन बन्दै गइरहेकोले बाह्य शक्तिले आपसी सम्बन्धमा बाधा पुर्याउने कदमलाई शक्तिशाली जवाफ दिएको छ। हालै अमेरिकाले बारम्बार रूपमा युद्धपोतलाई दक्षिण समुद्री क्षेत्रमा पठाएर शक्ति देखाइरहेको छ भने पोम्पेओ लगायतका राजनीतिज्ञले मौका पारेर दक्षिण समुद्रको विषयलाई चर्काएर चीन-आशियान सम्बन्धलाई बिगार्न कोशिस गरिरहेका छन्। तापनि बाह्य शक्तिले क्षेत्रीय स्थिरतालाई भङ्ग पार्नुमार्फत् लाभ पाउने कुचेष्टा आशियानका मुलुकहरूले बुझिसकेका छन्।
एकपक्षयतावादी तथा प्रभुत्ववादी कार्वाही चर्को बन्दै गएको अन्तर्राष्ट्रिय परिस्थितिमा चीन तथा आशियानले न्यायिक तथा निष्पक्षताको पालना गर्दै बहुपक्षीयतावाद तथा नव उदीयमान आर्थिक एकाइको साझा हितको संरक्षण गरिरहेका छन्।
निकट भविष्यमा चीन-आशियान सहयोगमा अझ बढी नयाँ विषय थपिँदै जाने छ र ती कार्यक्रमहरूबाट आपसी सहयोगको गुणस्तरलाई उकास्दै क्षेत्रीय तथा विश्वको शान्ति, स्थिरता, विकासको लागि अझ ठूलो शक्ति थप्ने विश्वास गरिएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||