फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यूरोपेली आयोगका अध्यक्षद्वारा चीनलाई "कोरोना भाइरस खोपको कार्यान्वयन योजना"मा संलग्न हुन स्वागत

(GMT+08:00) 2020-10-12 18:51:52

यूरोपेली आयोगका अध्यक्ष ऊर्सुला भोनडेर लेयेले स्थानीय समयबमोजिम अक्टोबर ११ तारिख सामाजिक सञ्जालमा चीनलाई "कोरोना भाइरस खोपको कार्यान्वयन योजना अर्थात् कोभ्याक्स"मा संलग्न हुन स्वागत गरेको कुरा बताउनुभएको छ। उहाँकाअनुसार, यूरोपेली संघ र चीनको लक्ष्य समान छ। बहुपक्षीयतावादमा खोपले विश्वका सबै क्षेत्रलाई लाभ दिने, आवश्यकता परेका सबैले खोप प्राप्त गर्ने महत्वपूर्ण कुरा हो। उहाँले चीन र अरु साझेदारहरूसँग यसबारे सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

सोही दिन कूटनीति तथा सुरक्षा नीतिसम्बन्धी यूरोपेली संघका उच्च स्तरीय प्रतिनिधि जोसेफ बोरेलले समाजिक सञ्जालमा चीनको निर्णयको स्वीकार गर्नुभयो। उहाँले विश्वको साँच्चै प्रयास र प्रतिवद्धतामार्फत मात्र कोरोना भाइरस महामारीमा विजय प्राप्त गर्नसकिने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु