फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारण तथा राजनैतिक पार्टीको जिम्मा अन्तर्राष्ट्रिय गोष्ठीलाई सीको सन्देश

(GMT+08:00) 2020-10-12 19:50:41

अक्टोबर १२ तारिख 'गरिबी निवारण तथा राजनैतिक पार्टीको जिम्मा' अन्तर्राष्ट्रिय गोष्ठी फुच्यान प्रान्तीय सदरमुकाम फुचौमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सीले सो गोष्ठीलाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले पुष्टि गर्नुभएको छः वर्तमान परिस्थितिमा विभिन्न पक्षको साझा प्रयासमा विश्वको गरिबी निवारणका क्षेत्रमा ठूलो प्रगति हासिल भएतापनि देखा परेका कठिनाइ तथा चुनौती गम्भीर भएकोले विभिन्न मुलुकका राजनैतिक पार्टीहरू लगायत अन्तर्राष्ट्रिय समाजले सहमति पाएर हातमा हात मिलाएर सहयोग गर्नुपर्छ। साथै बहुपक्षबादको पालना गर्दै शान्ति तथा स्थिरताको संरक्षण गरेर विश्वको गरिबी निवारण प्रक्रियालाई गतिशील पार्नुपर्छ।

विश्वका १०० मुलुकका लगभग ४०० जना राजनैतिक पार्टीका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू, विकासोन्मुख मुलुकका संचारमाध्यमका प्रतिनिधिहरू, विद्वानहरूले अनलाइन अथवा उपस्थितिमार्फत् गोष्ठीमा भाग लिएका छन्।

जानकारी तथा लेखहरु