फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समाचार सन्दर्भ#ढोका खोलेर शत्रुको स्वागत गरेर सफलता हासिल गर्नसकिन्छ

(GMT+08:00) 2020-10-13 16:11:07

वर्तमान विश्वमा मुख्य गरी दुई वटा मुलुकले"मेड इन चाइना (चीनमा बनेको)"को विरोध गरेका छन्। एक भनेको राजनीतिक लक्ष्य र व्यक्तिगत चासो लिएका केही राजनीतिज्ञद्वारा नेतृत्व गरिएको अमेरिका हो। अर्को भनेको चीन जस्तै विकासोन्मुख मुलुक भारत हो। भारतले अनेकन् चिनियाँ मोबाइल एप्लिकेसन (एपिपि)मा प्रतिबन्ध, चिनियाँ कम्पनीलाई भारतीय सडकको निर्माणमा भाग लिन निषेध गर्नुका साथै भारतको फोर जी (4G) नेटवर्कको अपग्रेड र मर्मत सम्बन्धी टेन्डरमा चिनियाँ उत्पादित वस्तुलाई निषेध गरेको देखिन्छ।

छोटो समयमा एक मुलुकले विदेशी उत्पादित वस्तुलाई निषेध गरेबाट अपेक्षाकृत ठूलो प्रभाव देखिने छ। जसले विदेशी कम्पनीका लागि ठूलो घाटा निम्त्याउनुका साथै विश्वका अन्य मुलुकमाथि केही दवाव सिर्जना गर्ने छ। तापनि दीर्घकालीन दृष्टिकोणबाट हेर्दा विदेशी उत्पादित वस्तुको निषेधले समष्टिगत अवस्थालाई परिवर्तन गर्नसक्दैन। वास्तवमा स्वदेशी उत्पादित वस्तुको प्रयोग नै मुलुकको विकास गर्ने एउटै मात्र बाटो हो।

तर घरेलु उत्पादित वस्तुको बजार लक्ष्य केवल स्वदेशलाई मात्र बनाउनु हुँदैन, सारा विश्वलाई बनाउनु पर्छ। सरकारको निषेध आदेशबाट विदेशी उत्पादित वस्तुलाई प्रवेशमा रोक लगाउनु स्वदेशी उत्पादित वस्तुको विकासका लागि उपयुक्त छैन। उत्कृष्ठ प्रविधि,गुणस्तरयुक्त विदेशी उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्नु नै स्वदेशी उत्पादित वस्तुको विकासको सबैभन्दा सही तरिका हो। उदाहरणका लागि एप्पल, सामसुङ जस्ता विदेशी मोबाइल फोन चीनमा भित्र्याइएबाट चिनियाँ मोबाइल फोनको विकासमा तिव्रता आएको देखिन्छ। जसले ह्वावै लगायतका चिनियाँ मोबाइल फोन ब्राण्डलाई विश्वव्यापी बजारमा प्रवेश गर्ने शक्ति तथा क्षमता सिर्जना गरेको छ। त्यसैले शक्तिशाली विदेशी उत्पादित वस्तुले स्वदेशी उत्पादित वस्तुको विकासलाई प्रवर्द्धन गर्नसक्छ।

वर्तमान भारतको पूर्वाधार, पूँजी, उद्योग तथा प्रविधि उन्नत देशहरूमा भर पर्नुपर्छ। भारतका लागि चिनियाँ उत्पादित वस्तुको निषेधसँग भारतले एक महत्वपूर्ण वैदेशिक प्रविधि, पूँजी, पूर्वाधार र उद्योग स्रोत गुमाउने भावार्थ रहेको छ। जसबाट भारतलाई उच्च लागत लाग्ने छ र अति कम लाभ मिल्ने छ। साथै विश्वमा सबैभन्दा ठूलो निर्यात देशको रुपमा मेड इन चाइना (चीनमा बनेको) ले सारा विश्वमा सबैभन्दा ठूलो हिस्सा लिएको छ। विशेष गरी मध्य- तल्लो स्तरीय बजारमा प्रभुत्व स्थान ओगटेको छ। त्यसैले मध्य- तल्लो स्तरीय बजारमा भारतको सबैभन्दा ठूलो प्रतिस्पर्धा चीनसँग नै हो। ढोका बन्द गरेर चिनियाँ व्यवसायसँग प्रतिस्पर्धा नगरेबाट भारतीय व्यवसायलाई बाहिर जानु कठिन हुने देखिन्छ।

बन्द गर्ने कि खुला गर्ने त?यसको जवाफ स्पष्ट छ।

जानकारी तथा लेखहरु