फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आयात-निर्यातको वृद्धि दर ७.५ प्रतिशत

(GMT+08:00) 2020-10-13 16:46:43

चीनको भन्सार ब्यूरोले अक्टोबर १३ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, चालू वर्षको अघिल्ला ३ त्रैमासिक अवधिमा चीनको सामान व्यापारको आयात-निर्यातमा संलग्न कूल रकम गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले वृद्धि भएको छ जुन यसै वर्षमा पहिलो पटक शून्यभन्दा बढी भएको छ।

भन्सार व्यूरोका प्रेस प्रवक्ता ली क्वीवनले उक्त जानकारी दिनुभएको हो। मुलुकबाट हेर्दा चीन तथा मुख्य व्यापार साझेदार बीचको व्यापारमा संलग्न रकम वृद्धि भएको छ तीमध्ये आशियान निरन्तर रूपमा चीनको पहिलो ठूलो व्यापार साझेदार रहिरहेको छ। साथै बेल्ट एण्ड रोड सम्बद्ध मुलुकसँगको व्यापार रकम पनि १.५ प्रतिशतले वृद्धि भएको छ। उत्पादित वस्तुबाट हेर्दा ल्यापटप, घरेलु इलेक्ट्रोनिक वस्तु, मेशिन तथा महामारी प्रतिरोध सामग्रीको निर्यात बढेको छ।

जानकारी तथा लेखहरु