फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा "तेह्रौं‌ पञ्च वर्षीय योजना" कालमा चीनले नवप्रवर्तनमार्फत उच्च गुणस्तरको विकासलाई निर्देशन गरेको कुराको मूल्यांकन

(GMT+08:00) 2020-10-13 16:48:19

"तेह्रौं‌ पञ्च वर्षीय योजना" कालमा चीनको वैज्ञानिक तथा प्राविधिक कार्यले ऐतिहासिक उपलब्धि हासिल गर्दै ऐतिहासिक सुधार गरेको थियो। धेरै अन्तर्राष्ट्रिय व्यक्तिहरूले चीनले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनलाई अगाडि बढाई विकासका लागि नयाँ शक्ति थपेको, चीन विश्वको वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनको शासनमा गहिरो रुपमा संलग्न भएको, चीनको वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनको विश्वव्यापीकरण स्तर र अन्तर्राष्ट्रिय प्रभाव निरन्तर रुपमा बलियो भएको, चीन विश्वको वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन सहयोगको महत्वपूर्ण शक्ति बनिसकेको कुरा बताएका छन्।

अमेरिकी कुहन कोषका अध्यक्ष रोबर्ट लाउरेन्स कुहनकाअनुसार, रोबर्ट लरेन्स कुहन चीन सरकारले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन कार्यमा उच्च महत्व दिएको छ। सही नीतिको निर्देशनमा चीनमा नवप्रवर्तनको राम्रो वातावरण देखिएको छ।

युरोपेली पेटेन्ट कार्यालयका अध्यक्ष एन्टोनियो काम्पिनोसले बताउनुभएअनुसार, चीनको पेटेन्ट आवेदन मात्रामा ठूलो मात्रामा वृद्धि भएको छ। यसबाट चीनको वैज्ञानिक तथा प्राविधिक प्रगति प्रमाण गरिएको छ। विश्वको विज्ञान तथा प्रविधि क्षेत्रमा चीनको स्थानमा निरन्तर रुपमा माथि उकासिएको छ।

क्रोएशिया-चीन मैत्री संघका अध्यक्ष एन्ड्रिजा काराफिलिपोभिकले "बेल्ट एण्ड रोड"को वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन योजनालगायतका अनेकौं योजनाहरू र प्रस्तावहरूले आवद्ध मुलुक तथा क्षेत्रलाई लाभ दिए मात्र नभई मुलुकहरूबीचको वैज्ञानिक तथा प्राविधिक आदान-प्रदानका लागि चौतारो उपलब्ध गराएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु