|
|
|
|||||||||
|
||

कोभिड-१९ महामारी देखा परेयता, केही अमेरिकी राजनीतिज्ञले अरूलाई देखाउन नसक्ने राजनैतिक उद्देश्य लिएर सिर्जना गरेको चीन सम्बन्धित झुटो प्रचारप्रसार गरिरहेका छन्। केही समयअघि अमेरिकी तल्लो सदन अन्तर्गत कूटनैतिक समितिका रिपब्लिकन पार्टीका सदस्य माइकल मकाउलले एउटा कथित सर्भेक्षण सार्वजनिक गरेका छन्। विविध किसिमका नक्कली सूचनालाई समेटिएको सो सर्भेक्षण चीनमाथि हिलो छ्यापिएको झुटहरूको संग्रह भन्न सकिन्छ। मकाउलहरूले भाइरसमा लेबल लगाएर चीनमाथि हिलो छ्याप्दै अमेरिकामा महामारी नियन्त्रणको ठूलो विफलतालाई लुकाउन खोजेका छन्।
वासिङ्टन पोस्टले औंल्याएको जस्तै अमेरिकामा महामारी प्रतिरोधको ऐतिहासिक विफलताबाट यो नै पूराका पूरै कृत्रिम प्रकोप नै हो। हालै न्यूयोर्क टाइम्सको वेभसाइटले लेख प्रकाशित गर्दै यसरी भनेको छः महामारीको सामना गर्दा तर्जुमा गरिसकेको रसायन शास्त्र, जीव विज्ञान तथा भौतिक विज्ञान सम्बन्धि रणनीतिलाई लागू गर्नुको सट्टा अमेरिकी नेताहरूले चेतना, राजनीति, बजार तथा निर्वाचन समयतालिका लगायतका क्षेत्रहरूमा ध्यान दिइरहेका छन्। यस सम्बन्धमा अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रका पूर्व प्रमुख विलियम फाउसीले आलोचना गर्दै भनेका छनः अमेरिकी नेताहरू तथा वर्तमान सरकारले अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रलाई सीमान्तकरण गरिरहेकाले केन्द्रले महामारीप्रति उचित प्रतिक्रिया जनाउन नसकेको हो।

अमेरिकी सरकारले महामारीको सामना गर्दा लागू गरेको रणनीति जस्तै मकाउलको सो सर्भेक्षण प्रतिवेदन पनि त्यसै आधारमा भएको हो कि राजनैतिक हिसाबलाई प्रधान बाटोमा राखी विज्ञान तथा तर्कशक्तिको ढोकालाई बन्द गर्नु रहेको छ।
हालै चीनले 'कोभिड-१९ खोप लागू योजना'मा प्रवेश गर्न सार्वजनिक गरेकोमा अन्तर्राष्ट्रिय समाजले सराहना गरेको छ। उता अमेरिकाले सो योजनामा भाग लिन अस्विकार गरेको छ। हार्भड विश्वविद्यालय सरूवा रोग विशेषज्ञ माइकल मिनाले अमेरिकाले आफूलाई अलग राखिसकेको विचार व्यक्त गरेका छन्।

मकाउलहरूले चीन सम्बन्धित झुटो कुराको संग्रह बनाउँदा खेर फालेको समय अमेरिकीलाई कठिन अवस्थाबाट मुक्त गर्ने काममा राख्यो भने अनुकूल हुन्छ। राजनैतिक मोलमोलाई त्यागेर उनीहरूले तर्क शक्तिले जनतालाई बचाउन प्रयास गर्नुपर्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||