फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा आर्थिक विशेष क्षेत्र स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहलाई महत्वपूर्ण सम्बोधन

(GMT+08:00) 2020-10-14 15:54:24

शन चन आर्थिक विशेष क्षेत्र स्थापनाको ४० औँ वार्षिकोत्सव समारोह अक्टुबर १४ तारिख बिहान शन चनमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले समारोहमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सन् १९७८ को डिसेम्बर महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको ११ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण सम्मेलनमा सुधार र खुलापनको ऐतिहासिक निर्णय प्रस्तुत गरिएको थियो। सन् १९८० को अगष्ट महिनामा आयोजित सम्मेलनमा शन चन, चुहाई, शान थौ र स्या मनमा आर्थिक विशेष क्षेत्रको स्थापना गर्न अनुमोदन गरिएको थियो। साथै सन् १९८८ को अप्रिल महिनामा आयोजित सम्मेलनमा हाईनान आर्थिक विशेष क्षेत्रको स्थापनाका लागि पनि अनुमोदन गरिएको थियो। आर्थिक विशेष क्षेत्र चीनको सुधार तथा खुलापन र समाजवादी आधुनिकीकरण निर्माणका लागि महत्वपूर्ण झ्याल बन्दै आएको छ।

जानकारी तथा लेखहरु