फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तोङ हङकङ र मकाउ विशाल खाडी क्षेत्रको निर्माणलाई अघि बढाइने: राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2020-10-14 15:56:50

चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले शन चनले चिनियाँ विशेषतायुक्त समाजवादी अग्र-नमुनात्मक क्षेत्रको राम्रोसँग विकास गर्नुका साथै क्वाङ तोङ, हङकङ र मकाउ विशाल खाडी क्षेत्रको निर्माणलाई अघि बढाएर एक देश दुई व्यवस्था कार्यको विकासलाई अगाडि बढाउँदै लगेको बताउनुभएको छ।

क्वाङ तोङ, हङकङग र मकाउ विशाल खाडी क्षेत्रको निर्माण चीनको महत्त्वपूर्ण राष्ट्रिय विकास रणनीति हुनुका साथै शन चन त्यस विशाल खाडी क्षेत्रको निर्माणका लागि महत्त्वपूर्ण ईञ्जिन पनि रहेको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। शन चनले निरन्तर रुपमा लगानी लगाउने र चौतर्फि रूपमा खुलापनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जाने तथा हङकङ, मकाउका देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई लगातार रुपमा प्रेरणा दिँदै जाने पनि सी चिनफिङले आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु