फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आई.एम.एफ.द्वारा मुख्य आर्थिक समूहहरूमध्ये चीनको अर्थतन्त्रमा वृद्धि भएको कुरा व्यक्त

(GMT+08:00) 2020-10-14 18:33:59

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आई.एम.एफ.ले अक्टोबर १३ तारिख "विश्व आर्थिक आउटलुक प्रतिवेदन" सार्वजनिक गरेको छ। आई.एम.एफ.को अनुमानअनुसार, सन् २०२०मा विश्व अर्थतन्त्रमा ४.४प्रतिशतले ह्रास हुने छ। चीनको अर्थतन्त्रमा १.९प्रतिशतले वृद्धि हुने छ। चीन विश्वमा आर्थिक वृद्धि हुने एक मात्रै आर्थिक समूह हो।

उक्त प्रतिवेदनअनुसार, चीनले विश्व व्यापारलाई गत जुन महिनादेखि पुनःशुरु हुन मद्दत गरिरहेको छ। आई.एम.एफ.ले सन् २०२१मा चीनको अर्थतन्त्रमा निरन्तर रुपमा वृद्धि हुने र वृद्धि मात्रा ८.२प्रतिशत पुग्ने अनुमान गरेको छ।

जानकारी तथा लेखहरु