फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# चीनको ढोका सधैँ नै खुला छ

(GMT+08:00) 2020-10-15 09:31:06

शन चन विशेष आर्थिक विशेष क्षेत्र स्थापना भएको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा अक्टोबर १४ तारिख क्वाङतोङ प्रान्तीय शनचन शहरमा वार्षिकोत्सव समारोहको आयोजना गरिएको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै चीन राष्ट्रको महा पुनःउत्थानको क्रममा चीनले सुधार तथा खुलापनलाई अझै उचाइमा पुर्याउनुपर्ने व्यक्त गर्नुका साथै चीनको आर्थिक विशेष क्षेत्रको सुधार तथा खुलापन विकासमा संलग्न हुन विभिन्न मुलुकलाई स्वागत गरेको उल्लेख गर्नुभएको छ।

यस वर्ष चीनको सम्पन्न समाजको निर्माण पूरा हुने वर्ष हो। यसै गरी तेह्रौँ पञ्च वर्षीय विकास योजनाको अन्तिम वर्ष हो भने चौधौँ पञ्च वर्षीय विकास योजना पनि आरम्भ हुनेछ। साथै दोस्रो शताब्दी लक्ष्य कार्यक्रम पनि सुरू हुनेछ। यसबाहेक विश्वसमक्ष सयौँ वर्षसम्म नदेखिएको ठूलो परिवर्तनको अवस्था सिर्जना भएको छ भने विश्वव्यापीकरणविरूद्धको लहर पनि उकासिएको छ। योसँगै विश्वमा आर्थिक मन्दी पनि छाइरहेको छ साथै अन्तर्राष्ट्रिय शक्तिको सन्तुलनमा पनि ठूलो परिवर्तन भएको देखिन्छ। हाल चीनको विकास जटिल तथा परिवर्तित वातावरणमा छ। नयाँ ऐतिहासिक अवधिमा रहेको चीनको सुधार तथा खुलापनले विश्वको ध्यान तानेको छ। यस अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनले विश्वलाई विश्वास प्रदान गरेको छ कि चीनको सुधार तथा खुलापनको पाइला रोकिँदैन, चीनले विश्वलाई ठूलो चमत्कार देखाउनेछ।

चीन विश्वबाट अगल हुने छैन साथै विश्वव्यापीकरणलाई थप समर्थन दिनेछ र अझ उच्च स्तरीय सुधार तथा खुलापनको साथ विकास तथा सुरक्षाको समन्वय गरी विश्व आर्थिक पुनःउत्थान र विश्व व्यापारको विकासमा सक्रिय भूमिका निर्वाह गर्नेछ।

जानकारी तथा लेखहरु