फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवीनताले शन चनमा अझ ठूलो चमत्कार सिर्जना गरिँदै

(GMT+08:00) 2020-10-15 20:50:20

नवीनता प्रथम जीवन्त शक्ति हो र विश्वको वैज्ञानिक प्राविधिक क्रान्ति तथा व्यवसायिक सुधारलाई मुख्य अधिकारको रूपमा हातमा लिनुपर्छ। यो नै गत १४ तारिख शन चन विशेष आर्थिक क्षेत्र स्थापित भएको ४० सौं वार्षिकोत्सव समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले निचोड गर्नुभएका आर्थिक विशेष क्षेत्रको निर्माण सम्बन्धि मूल्यवान अनुभवमध्येको एक हो। सिमान्तको सानो गाउँबाट आजको वैज्ञानिक प्राविधिक शहरसम्म परिणत गर्दै शन चनले फड्को मार्ने खालको विकास गरेको छ जुन प्रक्रिया नवीनतासँग घनिष्ट सम्बन्धित छ। नवीनता यस शहरको जीनमा गाडिएको मात्र होइन भविष्यमा अझ ठूलो विकास र चमत्कार सिर्जना गर्ने निर्णायक विषय पनि हो।

४० वर्षअघि शन चन शहर स्थापना भएको बेलामा यहाँ विज्ञान तथा प्रविधिको मरूभूमि भन्न सकिन्थ्योः सम्पूर्ण शहरमा २ जना इन्जिनियर मात्र भएको शन चनमा विज्ञान प्रविधिको श्रोत शून्य थियो। आजकल नवीन क्षेत्रको अग्र स्थानमा पुगेको शन चनमा ३० हजार वटा वैज्ञानिक प्राविधिक नवीन ढाँचाका कम्पनीहरू पाइन्छन्। ह्वा वै, टेन्सेन्ट, बियादी लगायत विभिन्न क्षेत्रमा अग्रसर कम्पनीहरूको उदय यसै ठाँउमै भएको हो। राष्ट्राध्यक्ष सीले सम्बोधनमा भन्नुभए जस्तै बितेका ४० वर्षमा शन चनले १ हजार वटा सुधारका कदम चालेर आर्थिक अवस्थाको सुधारबाट चौतर्फी र गहन सुधारसम्म ऐतिहासिक फड्को मारेको छ। यसलाई नै नवीन व्यवहारको ऐतिहासिक प्रमाण मान्न सकिन्छ।

शन चन शहर नवीन सुधार तथा खुलापनबाट लाभान्वित भएको हो। शन चनले बितेका विश्व व्यवसायिक बनौटको परिवर्तनहरूको मौका समात्दै विश्व व्यवसायिक प्रणालीमा सक्रियताका साथ भाग लिँदै आएको छ। साथै शन चनले विश्व अर्थतन्त्रमा सेवा पनि प्रदान गरिरहेको छ। एयरबस, पोस्टन कन्सल्टिङ लगायत कम्पनीहरूले शन चनमा आ-आफ्नो अनुसन्धान तथा विकास केन्द्र खोलेका छन्।

भविष्यमा नवीनता नै शन चनको चिनियाँ विशेषतायुक्त समाजवादी नमूना क्षेत्रको प्रथम जीवन्त शक्ति रहिरहने छ। पहिले माछा मार्ने सानो गाउँ अहिले ह्वा वै, टेन्सेन्ट लगायतका वैज्ञानिक प्राविधिक कम्पनीको 'घर' बनेको छ र वैज्ञानिक प्राविधिक नवीनताको मौद्रिक केन्द्र पनि हुने छ।

नयाँ खाका खोलिसक्यो, विश्वको नवीन नेटवर्कमा प्रवेश भएको शन चनले विश्वलाई आश्चर्यजनक अझ ठूलो चमत्कार सिर्जना गर्दै छ र खुलस्त विश्व अर्थतन्त्रको निर्माणमा अझ ठूलो योगदान दिँदै जाने छ।

जानकारी तथा लेखहरु