फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतको "फाइनान्सियल टाइम्स"द्वारा चीनको अनुभवले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि उत्तम बाटो उपलब्ध गराएको कुरा व्यक्त

(GMT+08:00) 2020-10-16 16:58:21

स्थानीय समय बमोजिम अक्टोबर १३ तारिख बेलायतको "फाइनान्सियल टाइम्स"ले "विश्व अर्थतन्त्रको पुनरुत्थानको असन्तुलन" शीर्षकको टिप्पणी प्रकाशित गरेको छ। उक्त टिप्पणीअनुसार, कोरोना भाइरस महामारीको नियन्त्रण क्षेत्रमा चीनको अनुभवले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि उत्तम बाटो उपलब्ध गराएको छ।

उक्त टिप्पणीअनुसार, कोरोना भाइरस महामारी विश्वमा फैलिएपछि विश्व अर्थतन्त्र पनि घटेको छ। तर चीनलगायतका केही पूर्वी-एशियाली आर्थिक समूहहरूले महामारीलाई सफलताका साथ नियन्त्रण गर्नुका साथै सकारात्मक बित्तीय र मुद्रा कदम चाले यता हाल विश्व अर्थतन्त्रको अनुमान अघिल्ला महिनाहरूभन्दा आशावादी भएको छ।

विश्वका सबैभन्दा ठूला आर्थिक समूहहरूमा सशक्त निर्यात र महामारीको प्रभावकारी नियन्त्रणका कारण चीनको अर्थतन्त्र पुनरुत्थान भएको छ।

जानकारी तथा लेखहरु