|
|
|
|||||||||
|
||
जापानी योमिउरी सिन्बुन समाचारपत्रले अक्टोबर १६ तारिख जनाए अनुसार, जापानका केही सरकारी पदाधिकारीले हालै चुहाएको एउटा सूचना बमोजिम, चिनियाँ कम्पनीलाई दूरसंचार नेटवर्कबाट अलग्याउने अमेरिकाको योजनामा जापान संलग्न नहुने भएको छ। उता १४ तारिख आयोजित दक्षिण कोरिया-अमेरिका रणनैतिक आर्थिक वार्तामा दक्षिण कोरियाली कम्पनीको निर्णय भन्ने पारेर अमेरिकाले जस्तै चिनियाँ कम्पनी ह्वावैलाई दक्षिण कोरियाको ५-जी नेटवर्क निर्माणबाट अलग्याउने मागलाई दक्षिण कोरियाली पदाधिकारीले अस्वीकार गरे। अमेरिकी राजनीतिज्ञले आफ्नो स्वार्थको लागि संगाती मुलुकमा दबाब दिए तापनि पटक पटक गरी विफल भएकोबाट हेर्दा बहुपक्षीयतावाद, साझा विजय र हितको समर्थन दिने विश्वव्यापीकरण युगमा दबाब दिने कूटनीतिको भविष्य नै छैन।

वास्तवमा चीन विरोधी ग्रूप बनाउने क्षेत्रमा मात्र होइन, अमेरिकी राजनीतिज्ञहरूले इरान, भेनेजुएला आदि मुलुकको विरोधको लागि अरू मुलुकमाथि पनि दबाब दिने गर्छन्। कोभिड-१९ महामारीको प्रभावमा परे तापनि इरान, क्यूबा, भेनेजुएलामाथि लगाएको नाकाबन्दीलाई रद्द गर्ने अन्तर्राष्ट्रिय समाजको मागका बाबजुद अमेरिकी राजनीतिज्ञले नाकाबन्दीलाई थपेर मानवीय संकट निम्त्याएका रहेछन्। उनीहरू भाइरसको सहयोगी हुन्, भन्न सकिन्छ।

अन्तर्राष्ट्रिय संगठनको सन्दर्भमा अमेरिकाले धम्की दिने गर्दछ। महामारी पछि अमेरिकाले धेरै पटक गरी विश्व स्वास्थ्य संगठनलाई धम्की दिँदै बनौटमूलक परिवर्तन गर्ने माग गरेको थियो साथै संगठनबाट हट्ने र बराबर संस्थाको गठन गर्ने दबाब दिइरहेको छ जसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा महामारी प्रतिरोध सहयोगलाई जबरजस्ती रूपले भङ्ग पारेको छ। विश्लेषकहरूले औंल्याए जस्तै, दबाब दिने कूटनीति समर्थक अमेरिकी राजनीतिज्ञ अन्तर्राष्ट्रिय परिपाटी र बहुपक्षीयतावादको नियमलाई भङ्ग पार्ने सबैभन्दा ठूलो पक्ष बनेको छ।
अन्तर्राष्ट्रिय मामिलामा अमेरिकी राजनीतिज्ञले बारम्बार अन्य मुलुकमाथि धम्की दिइरहने परिपाटीले उसको प्रभुत्ववाद तथा शक्ति राजनीतिको जीनमा गाडिएको छ र महामारी नियन्त्रणका क्षेत्रमा विफल भएपछि अमेरिकाले लिनुपर्ने जिम्मेवारी अन्यत्र पन्छाउने उद्देश्य एवम् निर्वाचनको मागसँग मेल खाएको प्रष्टै छ। तर सार्वभौमसत्ता सम्पन्न मुलुक ठूलो होस् वा सानो, शक्तिशाली होस् वा कमजोर अन्तर्राष्ट्रिय कानूनी क्षेत्रमा सबै समान छन। अरू पक्षबाट दिइएको धम्की जो कसैले ग्रहण गर्ने मनसाय राख्छ र? अमेरिकाले अति दबाब दिएबाट हण्डर खाइसक्यो र अति अलग हुने अवस्थामा पुगिसकेको एएफपीले जनाएको छ।

आत्म निर्भरता तथा स्वतन्त्रता, न्याय तथा निष्पक्षताको पक्षमा रहेका हरेक मुलुकले आफ्नो हितको उचित छनौट गर्नेमा शंका छैन। विश्वमा धम्की दिने गरेका अमेरिकी राजनीतिज्ञहरूलाई विश्वले अन्त्यमा त्याग्ने छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||