फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारण सम्बन्धि चिनियाँ अनुभवको प्रशंसा किन गरिएको?

(GMT+08:00) 2020-10-17 16:21:04

अक्टोबर १७ तारिख चीन राष्ट्रिय गरिबी सहयोग दिवस तथा अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस पनि हो। विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, प्रतिव्यक्ति हरेक दिन १.९ अमेरिकी डलरको अन्तर्राष्ट्रिय गरिब मापदण्ड बमोजिम, चीनमा सुधार तथा खुलापन लागू भएको ४० वर्षमा लगभग ८० करोड चिनियाँले गरिबीबाट मुक्ति पाएका छन् जुन संख्या विश्वमा गरिबी न्यूनीकरणको कूल जनसंख्याको ७० प्रतिशतभन्दा बढी पुगेको छ। सन् २०१२-२०१९को अन्तसम्मको अवधिमा चीनमा गरिब दर १०.२-०.६प्रतिशतसम्म घटाइएको छ। चालू वर्षमा चीनमा अत्यधिक गरिबी अवस्थाको उन्मूलन कार्य पूरा भएपछि चीनले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धि गरिबी निवारण लक्ष्य २०३०लाई निर्धारित समयभन्दा १० वर्षअघि नै पूरा गर्ने छ जसबाट विश्व गरिबी निवारण कार्यमा ठूलो योगदान दिइने छ।

गरिबी निवारण क्षेत्रमा चीनले गरेको काम यति प्रभावकारी भएको कारण के हो त? गरिबी निवारण तथा वकास उच्च मञ्च २०१५मा चीनका सर्वोच्च नेताले सम्बोधन गर्दा यसरी प्रकाश पार्नुभयोः हामीले विकासको तरिकामार्फत् गरिबी निवारण कार्य नीतिको पालना गर्दै विकासलाई गरिबी समस्याको समाधान गर्ने उपाय स्वरूप मान्दै आइरहेका छौं।

आफ्नो गरिबी निवारण कार्यमा प्रयासरत चीनले दक्षिण-दक्षिण सहयोगलाई सक्रियताका साथ अघि बढाउँदै व्यापक विकासोन्मुख मुलुक विशेष गरी अति कम विकसित मुलुकले गरिबी निवारण गर्न सहयोग प्रदान गरिरहेको छ। साथै चीनको प्रस्तावमा ब्रिक्स मुलुक नयाँ विकास बैक तथा एशिया पूर्वाधारण लगानी बैंकको स्थापना गरिएको छ। यसका अतिरिक्त, चीनले विभिन्न मुलुकसँगै मिलेर बेल्ट एण्ड रोडको प्रारूपमा विकासोन्मुख मुलुकमा गरिबी निवारणको लागि राम्रो वातावरण सिर्जना गरेको साथै विश्वको व्यवसायिक चेन तथा आपूर्ति चेनमा विकासोन्मुख मुलुकको प्रवेशको लागि सहयोग दिइरहेको छ जसबाट ती मुलुकहरूको विकास क्षमतालाई बढाइएको छ।

संयुक्त राष्ट्र संघले अनुमान गरे अनुसार, कोभिड-१९ महामारीको प्रभावमा 'दिगो विकास कार्यक्रम २०३०'मा उल्लेखित गरिबी निवारण लक्ष्य पूरा गर्न गाह्रो भएको छ। विश्वमा गरिबी निवारणको यस कठिन घडीमा सम्बद्ध चिनियाँ अनुभव तथा वैदेशिक सहयोग निकै मूल्यवान देखिन्छ। भविष्यमा चीनले विकासको साँचो समातेर विश्वको आर्थिक पुनरूत्थान तथा अन्तर्राष्ट्रिय गरिबी निवारण आदानप्रदान एवम् सहयोगको नयाँ उपायको विस्तार गर्दै जाने छ विश्वमा गरिबी निवारणको लागि चिनियाँ योगदान प्रदान गर्दै जाने छ।

जानकारी तथा लेखहरु