फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ विशेष प्रशासनिक क्षेत्रका अर्थ सचिवद्वारा हङकङले प्रतिस्पर्धा र साझा विकास खोज्नसक्ने कुरा व्यक्त

(GMT+08:00) 2020-10-18 18:29:26

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका अर्थसचिव छन माउ पोले अक्टोबर १८ तारिख "पारस्परिक हित र सहयोग, समान स्थानमा" शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। उहाँले शन चन विशेष आर्थिक क्षेत्रले विगत चालीस वर्षमा प्राप्त गरेको उपलब्धिको उच्च प्रशंसा गर्नुभएको छ। साथै उहाँले विगत केही वर्षहरूमा हङकङको उपलब्धि र कमजोरीको विश्लेषण गर्नुभएको छ।

लेखमा उहाँले मुख्यभूमिको पहिलो खेपका विशेष आर्थिक क्षेत्रहरूको रुपमा शन चनले अभूतपूर्व उपलब्धि हासिल गरेको, स्वतन्त्र खुलापनको सानो आर्थिक समूहको रुपमा हङकङले पनि उपलब्धि हासिल गरेको, विगत चालीस वर्षमा शन चन र हङकङले सहयोग गर्नुका साथै प्रतिस्पर्धा र एक अर्कासँग सिकेका कुरा बताउनुभयो।

उहाँकाअनुसार, क्वाङ तोङ-हङकङ-मकाउ बृहत् खाडी क्षेत्रले ठूलो बजार उपलब्ध गराउने छ। हङकङ र बृहत् खाडी क्षेत्रका अरु शहरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने छन्।

जानकारी तथा लेखहरु