फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# बिआरआईमा भाग लिएर 'समृद्ध नेपाल, सुखी नेपाली' लाई साकार तुल्याउने

(GMT+08:00) 2020-10-19 14:45:33

बिआरआईको चर्चा गर्दा धेरै नेपालीले स्पष्ट बुझेको जस्तो देखिँदैन। तर रसुवागढीदेखि काठमाडौंसम्म जोडिने रेलमार्ग, चीन-नेपाल अन्तर्देशीय बिजुली आपूर्ति लाइन, तमोर जलविद्युत परियोजनाबारे भने नेपाली अपरिचित छैनन्। यी जनजीवनसँग घनिष्ठ सम्पर्कमा रहेका परियोजनाहरू बिआरआई प्रारूपमा समेटिएका छन्।

बिआरआई के हो?

बिआरआई चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१३ मा प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय सहयोगात्मक प्रस्ताव हो। बेल्ट भनेको रेशम मार्गीय आर्थिक क्षेत्र हो र रोड भनेको २१औं समुद्री रेशम मार्ग हो। जुन प्राचीन चीनको सिल्क रोडलाई पछ्याएर बिआरआई वरिपरिका मुलुकसँग आर्थिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास गरी संयुक्त रूपमा राजनीतिक आपसी विश्वास, आर्थिक संलग्नता र सहनशील सभ्यता भएको भाग्य एकरूपताको स्थापना गर्ने प्रस्ताव हो।

बिआरआईमा नेपालको भूमिका के छ?

बिआरआईको निर्माणमा नेपाल सक्रिय रूपमा आबद्ध भइसकेको छ। गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नुका साथै दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोगात्मक शिखर मञ्चमा सहभागी हुनुभएको थियो। मञ्चबाट पारित सहमति सूचीमा चीन-नेपाल रेलमार्ग परियोजना समेटिएको थियो। नेपाल चीनको युगौंयुगदेखिको छिमेकी मुलुकको रूपमा बिआरआईको निर्माणमा विशेष भूमिका छ। चीन र नेपालबीचको सीमा १४०० किलोमिटर लामो छ तर हालसम्म मात्र दुई वटा व्यापारिक नाका तातोपानी र रसुवागढी संचालन हुँदै आएका छन्। मुस्ताङ, गोरखा, सङ्खुवासभा जिल्ला आदि सीमावर्ती क्षेत्रमा व्यापारिक नाका खोल्ने सम्भावना छ। गत वर्ष नेपालको लगानी बोर्डले चीनलाई पूर्वी नेपालको झापा जिल्लामा ६४ अर्ब रूपैयाँ बराबरको लगानीमा चीन नेपाल मैत्रीपूर्ण उद्योग पार्कको निर्माण गर्न अनुमति दिएको थियो। चीन र नेपालबीच अझ बढी आर्थिक व्यापारिक आदानप्रदान हुने छ भने आर्थिक विकासका लागि भारतमा भर परेको अवस्थामा पनि सुधार भइ नेपालको आर्थिक विकासमा अझ बढी स्वतन्त्रता प्रदान गर्ने छ।

बिआरआईमा के के विशेषता छन्?

चीनमा एउटा पुरानो भनाइ छः अरूलाई माछा दिनेभन्दा माछा मार्ने उपाय सिकाउनु राम्रो हो। यो भनेको प्रत्यक्ष पैसा दिएर सहयोग गर्नुभन्दा पैसा कमाउने उपाय सिकाउनु अझै राम्रो हो। बिआरआई यस्तै परियोजना हो। नेपालको आर्थिक विकासका लागि अरू मुलुकहरूका पनि धेरै सहयोग परियोजनाहरू संचालन भइरहेका छन्। तर यी परियोजनामा लगानीसँगै बिभिन्न शर्तहरू पालना गर्नुपर्ने हुन्छ। बिआरआई परियोजनामा चीन र नेपालले संयुक्त निर्माण गर्ने छ। नेपालले सहयोग गर्ने क्रममा निर्माण अनुभव, कम्पनी संचालन गर्ने अनुभव आदि पाउने छ। यी मूल्यवान अनुभवले नेपालको आर्थिक विकासमा गहन भूमिका खेल्ने छ। 'समृद्ध नेपाल, सुखी नेपाली' नारालाई नेपालीका हातबाटै पूरा साकार गर्नुपर्छ। बिआरआई नेपालको पूर्वाधारलाई पूर्णता दिलाउने र नेपालको आर्थिक विकासमा फलदायक हुने छ।

जानकारी तथा लेखहरु