|
|
|
|||||||||
|
||

७० वर्षअघि कोरियामा आन्तरिक युद्ध भएपछि अमेरिकी ट्रुमान सरकारले सैनिक खटाएर सशस्त्र रूपमा हस्तक्षेप गरेको थियो साथै उत्तर तथा दक्षिण कोरियाबीचको सैन्य रेखा पार गरी चीन-कोरिया सीमा क्षेत्रमा अवस्थित याल्यु र थुमन नदीतर्फ अगाडि बढेको थियो। यसै गरी विमानबाट उत्तर-पूर्वी चीनको सीमा शहर तथा गाउँमाथि बम प्रहार गरेको थियो जसले नयाँ चीनको राष्ट्रिय सुरक्षामाथि प्रत्यक्ष रूपमा धम्की दिएको थियो। चीनले सैन्य प्रतिक्रिया जनाउनुअघि विभिन्न माध्यम तथा च्यानलमार्फत अमेरिकालाई चेतावनी दिएको थियो तर अमेरिकाले चीनको चेतावनीलाई बेवास्ता मात्र नभइ कोरियामाथि जाइ लागेको थियो। उक्त आपतकालीन अवस्थामा उत्तर कोरियाका पार्टी तथा सरकारको आग्रहमा र तत्कालीन अवस्था हेरेर राष्ट्राध्यक्ष माउ च तोङले चीनले अमेरिकाको विरोध गर्दै उत्तर कोरियालाई उद्धार गर्ने र राष्ट्रको संरक्षण गर्ने महत्वपूर्ण निर्णय गरेका थिए। सो निर्णयबाट बलियो शत्रुसँग नडराउने र आक्रमणको विरोध गर्ने चिनियाँ जनताको अठोट र विश्वास देखिएको छ जुन चीन राष्ट्रको सबैभन्दा ठूलो हितसँग अनुकूल छ साथै चीनका विभिन्न तह र विभिन्न जातिका जनताबाट पनि स्वागत पाइएको थियो।

राष्ट्रको सुरक्षासमक्ष धम्की देखिँदा र राष्ट्रको हितसमक्ष चुनौती देखा पर्दा जवाफी प्रहार गर्ने कि नगर्ने यो एउटा निकै कठिन अवस्था हो। ७० वर्षअघिको इतिहासलाई हेर्ने हो भने चीनले विश्वका सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकालाई उक्त आक्रमणको विरोध गर्दै "नो" भन्ने हिम्मत गरेको थियो र जनतालाई गौरव र सन्तोष लाग्ने उत्तर दिएको थियो। कमाण्डर फङ दह्वाइको निर्देशनमा चिनियाँ बहादुरहरूले याल्यु नदी पार गरी उत्तर कोरियाली जनता तथा सैनिकसँग मिलेर अमेरिका विरूद्ध तथा उत्तर कोरिया उद्धार युद्धमा महान विजय र विश्व शान्तिको संरक्षण गर्ने युद्धमा महान विजय प्राप्त गरेको थियो।

अझ महत्वपूर्ण कुरा भनेको सो युद्धबाट समग्र चीनलाई बचाउन सफल भएको छ साथै उक्त युद्धबाट जन मुक्ति सेनाको निर्माणलाई नयाँ चरणमा प्रवेश गराइ आधुनिकिकरणतर्फ ठूलो पाइला चालेको छ। त्यसपछि कुनै पनि साम्राज्यवादले चीनमाथि आक्रमण गर्ने हिम्मत गरेको छैन। उक्त युद्धले चीनको आत्मबल र गौरवलाई उकासेको छ र विश्व शान्ति प्रेमीहरूको उच्च प्रशंसा प्राप्त गरेको छ। यसबाट नै विश्व शान्तिको संरक्षण गर्न र साम्राज्यवाद, प्रभूत्ववाद, औपनिवेशवादको विरोध गर्न हिम्मत गर्ने चीनको भावना विश्वमै प्रचलित भएको छ।

हाल अमेरिका विरूद्ध तथा उत्तर कोरिया उद्धार युद्धको भावना चिनियाँ जनता र चीन राष्ट्रको दीर्घकालीन मूल्यवान सम्पत्ति बनेको छ। ७० वर्षपछि आज अमेरिकाले उठाएको अर्को चुनौतीको सामना गर्दा अमेरिका विरूद्ध तथा उत्तर कोरिया उद्धार युद्धको भावना एउटा उत्तम निर्देशन बनेको छ। अमेरिका विरूद्ध तथा उत्तर कोरिया उद्धार युद्धमा विजय प्राप्त गरेपछि अध्यक्ष माउले भन्नुभएको थियो, 'हामी कोहीमाथि आक्रमण गर्दैनौँ तर अरूले आक्रमण गर्यो भने हामीले जवाफी आक्रमण गर्नुपर्छ साथै विजय प्राप्त गर्नुपर्छ।'
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||