फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# चीनको अर्थतन्त्र ऋणात्मक वृद्धिलाई मोडेर धनात्मक, चीनको अर्थतन्त्रको भविष्य उज्ज्वल

(GMT+08:00) 2020-10-21 14:56:42

चीनको राज्य परिषदको प्रेस कार्यालयले अक्टोबर १९ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय तथ्यांक व्यूरोले सन् २०२० का अघिल्ला तीन त्रिमासिक अवधिमा चीनको अर्थतन्त्र अवस्थाबारे जानकारी दिएको छ। प्रारम्भिक तथ्यांकअनुसार, अघिल्ला तीन त्रिमासिक अवधिमा कुल गार्हस्थ उत्पादन ७२२ खर्ब ४८ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले वृद्धि भएको छ। पछिल्ला दुई त्रिमासिक अवधिमा चीनको अर्थतन्त्र ऋणात्मक वृद्धि गतिबाट सकारात्मक वृद्धिको गतिमा मोडिएको छ। आपूर्ति र माँग सम्बन्ध क्रमशः सुध्रिएको छ। बजारको जीवन्त शक्ति बलियो बनेको छ। रोजगार र सर्वसाधारणको प्रत्याभूति राम्रोसँग प्रत्याभूति गरिएको छ। चीनको अर्थतन्त्रमा स्थिरताका साथ पुनरुत्थान प्रवृत्ति देखिएको छ।

सन् २०२० को शुरुमा आकस्मिक कोरोना भाइरस महामारीबाट चीनको आर्थिक तथा सामाजिक विकासमा कठिनाइ र चुनौती ल्याइएको थियो। त्यस पछि कार्य, उत्पादन र बजारलाई पुनःशुरु गर्ने कदममा गति प्रदान गरिएपछि चीनको अर्थतन्त्रको पुनरुत्थान भएको छ। कोरोना भाइरस महामारी विश्वमा फैलिइरहेको र विश्व अर्थतन्त्रमा ह्रास आएको अवस्थामा चीनको राष्ट्रिय तथ्यांक व्यूरोले सार्वजनिक गरेको पछिल्लो तथ्यांक मूल्यवान छ। यसले जनतालाई प्रेरणा दिएको छ साथै विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि नमूना खडा गरेको छ र ठूलो शक्ति थपिएको छ।

चीनको अर्थतन्त्र ऋणात्मक वृद्धि गतिबाट मोडेर धनात्मक वृद्धि गतिमा पुगेको छ। पहिलो, चीनको महामारीविरूद्धको लडाइँले ठूलो रणनैतिक उपलब्धि प्राप्त गरेको छ। चालू वर्षको शुरुमा कोरोना भाइरस महामारी भएपछि चीनले सबैभन्दा चौतर्फी र सबैभन्दा गम्भीर कदम चालेको थियो। महामारी प्रभावकारी रुपमा नियन्त्रण गरिएपछि विभिन्न व्यवसायको कार्य र उत्पादन पुनःशुरु भएको छ। दोस्रो, चीनले सशक्त वित्तीय कदम चालेको छ। सरकारले अनेकौं समर्थन नीतिको तर्जुमा गरी उद्योग-व्यवसायको बोझ कम गरेको छ। महामारीबाट उद्योग-व्यवसायमा देखिएको चुनौतीलाई कम पारिएको छ। तेस्रो, चीनको अर्थतन्त्रसँग सशक्त, बलियो र निहित शक्ति छ। भर्खरै सम्पन्न भएको राष्ट्रिय दिवसको सुनौलो सप्ताहलाई उदाहरण लिनसक्छौं। चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, अक्टोबर एक तारिखदेखि आठ तारिखसम्म चीनको खुद्रा-विक्री र रेस्टुराँ उद्योग-व्यवसायको विक्री मात्रा करीब १६ खर्ब चिनियाँ युआन पुगेको थियो। प्रति दिनको विक्री रकम गत वर्षको सोही अवधिको तुलनामा ४.९प्र तिशतले वृद्धि भएको थियो। सुनौलो सप्ताहका आठ दिनमा चीनले ६३ करोड ७० लाख स्वदेशी पर्यटकको स्वागत गरेको थियो। स्वदेशी पर्यटनको आम्दानी ४ खर्ब ६६ अर्ब ५६ करोड चिनियाँ युआन पुगेको थियो।

विश्वको दोस्रो आर्थिक समूहको रुपमा चीनको आर्थिक वृद्धिले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि आशा र विश्वास दिलाएको छ। चीनको अर्थतन्त्रको भविष्य अपेक्षाकृत रूपमा वृद्धि हुने छ। भविष्य उज्ज्वल देखिन्छ।

जानकारी तथा लेखहरु