फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# विभिन्न मुलुकको सुन्दर घरबारको निर्माणका लागि चिनियाँ अनुभव सान्दर्भिक

(GMT+08:00) 2020-10-22 18:20:41

सन् २०२० चीनको लागि सम्पन्न समाजको चौतर्फी निर्माणको अन्तिम वर्ष हो। चीनको गार्हस्थ्य अर्थतन्त्र तथा सामाजिक विकासको १३ औं पञ्च वर्षिय योजना (सन् २०१६-२०२०) मा तोकिएका पर्यावरणीय वातावरण सम्बन्धि ९ वटा परियोजनाहरूमध्येका ८ वटा परियोजना निर्धारित समयभन्दा पहिले नै पूरा भइसकेका छन्। उक्त जानकारी अक्टोबर २१ तारिख आयोजित पत्रकार सम्मेलनमा चीन पर्यावरणीय वातावरण मन्त्रालयका उप मन्त्री चाउ यीङमिनले दिनुभएको हो।

यसका साथै चीनले विश्वको वातावरणीय सुधार कार्यमा पनि सक्रियताका साथ भाग लिँदै विश्वको लागि चिनियाँ बुद्धि, विचार र योजना प्रस्तुत गरिरहेको छ। यसै क्रममा चीनले बहुपक्षवादको पालना गर्दै पेरिस सन्धिको कार्यान्वयन सम्बन्धि श्रृंखलाबद्ध उपलब्धि हासिल गर्न प्रयास गरिरहेको छ। साथै चीनले अन्य मुलुकसँगै मिलेर बेल्ट एण्ड रोड प्रारूप अन्तर्गत जलवायु परिवर्तन सम्बन्धि दक्षिण-दक्षिण सहयोग योजनाको कार्यान्वयन गर्दै जलवायु परिवर्तनको सामना गर्ने विकासोन्मुख मुलुकको क्षमता उकास्न सहयोग गरिरहेको छ। संयुक्त राष्ट्र संघको ७५ औं महासभामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको प्रयासबारे सार्वजनिक गर्दै चीनको सन् २०३० अघि कार्बन डाइअक्साइडको निष्काशनको परिमाण सबैभन्दा धेरै हुने र सन् २०६० अघि कार्बन डाइअक्साइड निष्काशनलाई शुन्यमा पुर्याउने लक्ष्य राखेको जानकारी दिनुभएको थियो। यसका अतिरिक्त, जैविक विविधता सन्धिमा हस्ताक्षर गरी जैविक विविधता सन्धिमा हस्ताक्षरित मुलुकहरूको १५ औं सम्मेलनको आयोजनाको तयारीमा चीन छ। चीनले बीआरआई हरित विकास अन्तर्राष्ट्रिय संघको स्थापना गर्दै ओजोन तह खपत गर्ने सामग्रीको परित्याग गरिएको परिमाण सम्पूर्ण विकासोन्मुख मुलुकको कूल परिमाणभन्दा आधा पुगेको छ र विश्वमा ओजोन तह संरक्षणमा सबभन्दा ठूलो योगदान दिने मुलुक बनेको छ। सन् २०१६-२०२० को पञ्च वर्षीय योजनाको अवधिमा चीनमा संचालित साइहानपा वन योजनाको डिजाइनर, चच्याङ प्रान्तीय हजारौं नमूना गाउँको निर्माण परियोजना र पैपालको एन्टफरेस्ट नामक योजनाले संयुक्त राष्ट्र संघको 'पृथ्वी रक्षक' पुरस्कार पाएका छन्।

बितेका ५ वर्षमा पर्यावरणीय वातावरणीय संरक्षण क्षेत्रमा चीनले हासिल गरेका श्रृंखलाबद्ध उपलब्धिहरूबाट के प्रष्ट्याइएको छ भने पर्यावरणीय संरक्षण क्षेत्रमा चीन सरकारले संचालन गरेको निश्चितता र क्षमतालाई देखाइएको छ साथै चीनले स्वच्छ र सुन्दर विश्वको निर्माणको लागि गरेका विशाल प्रयास तथा योगदानलाई पनि प्रतिविम्वित गरिएको छ। यसबारे चर्चा गर्दै नेपालको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले यसरी मूल्याङ्कन गर्नुभएको छः चीनमा पर्यावरणीय निर्माण क्षेत्रमा हासिल गरिएको उपलब्धिबाट व्यापक रूपमा प्रशंसा पाइएको छ। यसबाटै चीनको हरित विकास विचारलाई मान्यता दिइएको प्रष्ट हुन्छ साथै विश्वका विभन्न मुलुकका जनताले विश्वको भावी हरित विकासप्रति दिएको साझा अभिलाषा पनि देखाइएको छ। पर्यावरणीय सभ्यताको निर्माण क्रममा चीनले अन्तर्राष्ट्रिय सहयोगमा व्यापक रूपमा भाग लिएकोले विभिन्न मुलुकमा सुन्दर घरबारको निर्माणका लागि सान्दर्भिक हुने छ।

पर्यावरणीय सभ्यताको निर्माण मानवजातिको भविष्यसँग घनिष्ट सम्बन्ध राख्छ। हरित घरबारको निर्माण नै विभिन्न मुलुकका जनताको साझा सपना हो। विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक चीनले निरन्तर रूपमा आफूले दिएको वचनलाई व्यवहारमा उतार्दै चीनको विकास स्तरसँग अनुकूल अन्तर्राष्ट्रिय जिम्मेवारी लिँदै जाने छ र विश्वको वातावरणीय संचालन तथा सुधारको लागि योगदान दिँदैजाने छ।

जानकारी तथा लेखहरु