फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रबारे विदेशी मिडियाको मूल्याङ्कन

(GMT+08:00) 2020-10-21 16:54:05
चीनले अक्टोबर १९ तारिख जारी गरेको तथ्याङ्क अनुसार, अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको राष्ट्रिय उत्पादित गार्हस्थ्यको कुल मात्रा गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले बृद्धि भएको देखिन्छ। त्यसप्रति विदेशी सञ्चार माध्यमहरूले निकै ख्याल विचार गरेका छन्।

अमेरिकी सीएनएनले जनाए अनुसार, दोस्रो त्रैमासिक अवधिमा ३.२ प्रतिशतको आर्थिक बृद्धि भएपछि तेस्रो त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले बृद्धि भएको कुराबाट महामारीको नियन्त्रण पछि चीनको अर्थतन्त्र सशक्त र स्थिर रुपमा पुनरुत्थान हुँदै आएको प्रवृत्ति प्रष्ट पारेको छ।

वाल स्ट्रिट जर्नलले जनाए अनुसार, आधा वर्षअघि महामारीले चीनको अर्थतन्त्रलाई गम्भीर चोट पारेको छ। तैपनि हाल चीनको अर्थतन्त्र लगातार रुपमा पुनरुत्थान हुँदै जाने कुराबाट चीनको अर्थतन्त्रको सशक्त शक्तिलाई प्रमाणित गरिएको छ।

बेलायती ब्रोडकास्टिङ कम्पनी बीबीसीका अनुसार, गत "अक्टोबर १ को स्वर्ण साप्ताह" चीनको अर्थतन्त्र व्यापक रुपमा पुनरुत्थान हुँदै आएको एउटा प्रतीक हो।

एपीले जनाए अनुसार, अमेरिका, युरोप र जापानको अर्थतन्त्र अधोगति भइरहेको अवधिमा चीन अझ पनि सम्भवत: यस वर्ष बृद्धि हुने एउटा मात्र मुख्य आर्थिक समुदाय रहेको छ। त्यो कुराबाट विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि आशा ल्याइएको छ।

रोइटर्सका अनुसार, आ-आफ्नो चाहनाको पुन:आरम्भ गर्नका लागि विश्व नीतिका निर्णायकहरू चीनको अर्थतन्त्रको सशक्त पुनरुत्थानप्रति आशावादी रहेका छन्। हाल विभिन्न मुख्य आर्थिक समुदायहरु अठ्यारोसित गम्भीर बन्दाबन्दी र दोस्रो चरणको महामारी अवस्थाको सामना गरिरहेका छन्।

जानकारी तथा लेखहरु