फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय संचारमाध्यमद्वारा चीनको आर्थिक विकास बलियो हुँदै जाने किटान

(GMT+08:00) 2020-10-21 18:36:17
अक्टोबर १९ तारिख चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जारी गरेको प्रतिवेदन अनुसार चालु बर्ष गएका तीन त्रैमासिक अवधिमा चीनको राष्ट्रिय उत्पादन कूल मात्रा गत बर्षको तुलनामा ०.७ प्रतिशतले बृद्धि भएको छ। चालु वर्षको पहिलो ६ महिनामा चीनको आर्थिक बृद्धिदर नकारात्मक परिस्थितिबाट सकारात्मक अवस्थामा परिवर्तन भएको पनि देखिन्छ।

अमेरिकी सीएनएन टेलिभिजन र प्रचार नेटवर्गले एउटा शब्द"इर्श्या" कार्यक्रमको शीर्षकमा देखाउँदै चीनको आर्थिक विकासले ईर्ष्या पैदा गराएको व्यक्त गरेको छ।

अमेरिकी ब्लूमबर्ग समाचारले एउटा समीक्षामा चीनको आर्थिक परिस्थिति सकारात्मक रूपमा परिवर्तन भएको कुराले विश्वभरी आत्मविश्वास ल्याएको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको पछिल्लो प्रक्षेपण अनुसार चीन बाहेक सन् २०२० मा विश्वका अरू अर्थतन्त्र सम्पूर्णरूपमा घट्नेछ।

चीन सामाजिक तथा वैज्ञानिक प्रतिष्ठान अन्तर्गत विश्व अर्थतन्त्रको अध्ययनकर्ता चाङ मिङले ग्लोबल आर्थिक विकासको बृद्धिदर नकारात्मक रहेको अवस्थामा चीनको बृद्धिदर सकारात्मक रूपमा बृद्धि भएको र यस पटक चीनले विश्व आर्थिक विकासमा योगदान दिन सन् २००९ पछिको सबैभन्दा धेरै हुने बताउनुभयो।

चीन उत्पादन उद्योग व्यवसायको ठूलो मुलुक हुनुका साथै उद्योग व्यवसाय शृङ्खला पूर्ण भएको एउटा ठूलो आर्थिक समूह पनि हो। त्यसैले विश्वलाई सेवा दिने उत्पादनको क्षमता बलियो हुने भएको छ। आगामी समयमा चीनको आर्थिक विकास गर्ने शक्ति निरन्तररूपमा बलियो हुँदै जाने धेरै सम्भावना छ।

जानकारी तथा लेखहरु