फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँहरूको बसोबास विकास

(GMT+08:00) 2020-10-21 18:36:59

चिनियाँ जनताका लागि घर बसोबासका लागि मात्र नभई सम्पूर्ण सुखमय जीवनका लागि सबैभन्दा महत्वपूर्ण आवश्यकता पनि मानिन्छ। यसैले प्रत्येक चिनियाँ परिवारको जिबन्त सपना एउटा सुबिधासम्पन्न घर होस् भन्ने हुन्छ।

वाङ छुन लु चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको उलानहोट शहरमा बस्नुहुन्छ। उहाँ पहिला स्वास्थ्य सम्बन्धी काम गर्नु हुन्थ्यो। अहिले सेवानिवृत्त भएर बस्नु भएको छ।

सन् १९७८ मा वाङले र छ्यौ सु लानसँग विवाह गर्नुभएको थियो। सन् १९८३ मा वाङ चिनियाँ जनमुक्ति सेनाको सेवापछि श्रीमतीसँग २० वर्ग मिटर क्षेत्रफल भएको एउटा कोठा भाडामा लिएर बस्नुभएको थियो। सन् १९८४ मा उहाँहरू काम गर्ने संस्थाबाट एउटा घर पाउनुभएको थियो जुन घरको क्षेत्रफल ७० वर्ग मिटर थियो। सो घरमा साढे दुई कोठा थिए। सो घरमा अरू एक सहकर्मीको परिवार पनि बस्थ्यो। आफ्नो परिवार मात्र बस्ने घर नभएता पनि सुबिधा भएको कोठा पाउँदा खुशी भएको उहाँले बताउनुभयो।

सन् १९९२ वाङका लागि एउटा बिर्सन नसक्ने समय बन्यो। किनभने उहाँले काम गर्ने संगठनबाट ५० वर्ग मिटर रहेको एउटा अपार्टमेन्ट पाउनुभयो। त्यो बेलादेखि उहाँको परिवार आफ्नो घरमा बस्न थाल्यो र सरकारी ग्यास पनि प्रयोग गर्न सक्ने भयो। उलानहोट शहरी सरकारले"किफायती आवास निर्माणको नीति"लागू गरेपछि सन् २००६ मा वाङको परिवारले कम खर्चमा ८० वर्ग मिटरको अपार्टमेन्ट किनेको थियो।

केही बर्ष यता चिनियाँ बजारमा व्यावसायिक घर निर्माणको विकास हुँदै आएको छ। गत बर्षको सेप्टेम्बरमा वाङको परिवारले बसोबास सुधार गर्नका लागि आफ्नो खर्चको रूपमा एउटा १३० वर्ग मिटरको अपार्टमेन्ट किनेको छ। तथ्याङ्क अनुसार उलानहोट शहरका स्थानीयहरूका लागि औसतरूपमा प्रत्येक व्यक्ति बराबर घरको क्षेत्रफल सन् १९८० को ३.८ वर्ग मिटरदेखि हाल २७.८ वर्ग मिटर पुगेर फराकिलो हुँदै आएको देखिन्छ।

जानकारी तथा लेखहरु