फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ # सीमा क्षेत्रको शान्ति चीन र भारतको साझा अपेक्षा

(GMT+08:00) 2020-10-21 19:42:12

अक्टोबर १८ तारिख साँझ, एकजना चिनियाँ सैनिकले स्थानीय पशुपालकको अनुरोधबमोजिम उनको याक खोज्द सहयोग गर्न गए तर उनी बाटो बिराएर कतै गुमनाम भए। त्यसपछि चिनियाँ सीमा फौजले भारतीय पक्षलाई चाँडो भन्दा चाँडो अवस्था सुनाएर खोजी र उद्धारमा सहयोग पुर्‍याउने आशा गरेको थियो। भारतीय पक्षले यसलाई समर्थन गर्दै चिनियाँ सैनिकलाई भेटेर समयमै चीनलाई फिर्ता दिने बचन्बद्धता दिएको थियो। त्यसपछि भारतले चीनसमक्ष उक्त सैनिक भेटेर मेडिकल जाँचपछि चिनियाँ पक्षलाई हस्तान्तरण गर्ने सूचना जनाएको थियो। चाइना मिलिट्री नेटवर्कको जानकारी अनुसार, अक्टोबर २१ तारिख बिहान भारतले हराएका चिनियाँ सैनिकलाई चिनियाँ सिमाना तैनाथ सेनालाई हस्तान्तरण गरेको छ।

चीन र भारत बीचको सीमा क्षेत्र भौगोलिक अवस्था जटिल भएकाले आपसी व्यक्ति हराएर आपसी क्षेत्रमा प्रवेश गर्ने अवस्था सामान्य कुरा हो। पहिले दुई देशले सम्बन्धित सन्धिअनुसार समयमै आपसमा फर्काउँथे।

यस पटकको घटनाबाट सीमा क्षेत्रमा चीन र भारतको साझा अपेक्षा हो भन्ने प्रमाणित भएको छ। हराएका चिनियाँ सैनिक भेटाएर हस्तान्तर गर्नु सन्तोषजकन कुरा हो। जसबाट हेर्दा सिमा क्षेत्रमा चिनियाँ र भारतीय सेनाको टकराव क्रमशः शान्त हुँदै आएको संकेत मिलेको छ। साथै सिमा क्षेत्रको शान्ति तथा स्थिरताको सुरक्षा गर्न दुवै पक्षले दुई देशका परराष्ट्र मन्त्री र रक्षा मन्त्री बीचको सहमतिलाई सक्रियताका साथ व्यवहारमा उतारिरहेका छन्।

एशियाका दुईटा महत्वपूर्ण शक्तिको हैसियतमा चीन र भारतको सीमा क्षेत्रको शान्ति क्षेत्रीय र विश्वको शान्ति र स्थिरतासँग सम्बन्धित रहेको छ। शान्ति र स्थायित्व वर्तमान संसारमा मुख्य प्रवृत्ति हुन्। विशेष गरी हाल कोभिड-१९ महामारी संसारमा फैलिँदा विभिन्न देशहरूले महामारीको रोकथाम र नियन्त्रणमा अझ बढी ध्यान दिनुपर्छ। आफ्नै आन्तरिक द्वन्द्वको न्युनीकरण गर्न सीमा भिडन्त सिर्जना गर्नु हुँदैन।

चीन र भारतको सीमा समस्यामा ऐतिहासिक र भौगोलिक कारणहरू छन्। सीमा विवाद समाधान गर्नका लागि चीन र भारतले संयमता र शान्तिपूर्ण धारणा लिएर परामर्शमार्फत शान्तिपूर्ण समाधान गर्नुपर्छ। हजारौं वर्षको बुद्धि रहेका यी दुईटा प्राचीन सभ्यता मुलुकसँग सीमा विवाद राम्ररी समाधान गर्ने बुद्धि र क्षमता छ भन्ने कुराको विश्वास गर्न सकिन्छ।

जानकारी तथा लेखहरु