फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको पछि लाग्दै चिनियाँ व्यवसायमाथि दबाव दिने कार्यमा स्विडेन

(GMT+08:00) 2020-10-21 20:46:28

स्विडेनको टेलिकम अनुगमन र व्यवस्थापन संस्थाले अक्टोबर २० तारिख तथाकथित सुरक्षाको नाममा स्वदेशको ५ जी सञ्जालको निर्माण कार्यमा संलग्न हुन ह्वा वै र चोङ सिङ लगायत चिनियाँ व्यवसायमाथि विषेध गर्ने घोषणा गर्दै सन् २०२५ को जनवरी १ तारिख हुनुअघि चोङ सिङ सूचना सम्बन्धी जडान गरिएका सबै प्रबन्ध हटाउन आग्रह पनि गरेको छ। सबैलाई थाहै छ, त्यो गतिबिधि वास्तवमा स्विडेनले अमेरिकालाई पछ्याएर चिनियाँ व्यवसायमाथि राजनीतिक दबाव दिएको कारवाही हो। किनकि सम्बद्ध अभियोग लगाए तापनि कुनै पनि प्रमाण देखाएको छैन। तथाकथित राष्ट्रिय सुरक्षाका नाममा झुट र निराधार निहुँ मात्र देखाएको छ।

खुलस्त सहकार्यबाट आपसी हितयुक्त र साझा जित हुनसक्ने कुरा सबैलाई थाहै छ। अमेरिकाको छायाँ पछ्याउँदै हिँड्ने कि मानव हितको बाटो रोज्ने? स्विडेनले गरेको छनौट उचित लिगबाट निस्केर एक किसिमको आफैँलाई ध्वस्त पार्ने कारवाई मात्र हो। स्विडेनले निष्पक्ष र खुलस्त बजार सिद्धान्तको अक्षरश: पालना गर्दै धैर्यका साथ वर्तमान अवस्थाको मूल्याङ्कन गरी छिटोभन्दा छिटोगरी आफ्नो गल्ती सच्याउन चीनले ताकिता गरेको छ। यदि वास्तविक अवस्थाको बावजुद निरन्तर रुपमा अमेरिकाका लागि "राजनीतिक संघर्ष गर्ने व्यक्ति" बन्दै जानेमा स्विडेनले त्यस कारवाहीबाट आउने गम्भीर नतिजालाई पनि स्वीकार गर्न तयार हुनुपर्छ।

जानकारी तथा लेखहरु