फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अष्ट्रेलियाको चीन-विरोधी "वैचारिक संगठन"को झुट

(GMT+08:00) 2020-10-22 18:55:07

 अष्ट्रेलिया रणनीतिक राजनीति प्रतिष्ठानले सधैँ "वैचारिक संगठन"को रूपमा चीन-विरोधी अमेरिकी शक्तिसँग मिलेर चीनको बदनाम गर्दै आएको छ। उसले झुट प्रतिवेदन बनाएर विभिन्न खालका चीन विरूद्धका समाचार पनि सिर्जना गर्दै आएको छ।

हालै अष्ट्रेलियाको नागरिक पार्टीको अफिशियल वेभसाइटको समीक्षा लेखमा उक्त प्रतिष्ठान एउटा "झुटो प्रचारको औजार"जस्तै संगठन रहेको शीर्ष लेखमा उल्लेख छ। अस्ट्रेलियाको प्रतिष्ठानले चीनलाई विरोध गर्ने उद्देश्य बनाई पहिला"इराकमा ठूलो संख्याको घातक हतियार" रहेको झुट फैल्याएजस्तै चीनका बारेमा पनि धोका सिर्जना गर्न खोजेको सो लेखमा पनि लेखिएको छ।

अष्ट्रेलिया नागरिक पार्टीको अफिशियल वेभसाइटले यही सेप्टेम्बरमा चीनको जानकारी शीर्षकमा एक प्रतिवेदन सार्वजनिक गरेको थियो। अष्ट्रेलियाको रणनीति राजनीति प्रतिष्ठान तथा अष्ट्रेलिया सुरक्षा खुफिया एजेन्सीसँग सहकार्य गरेर विभिन्न उपायमार्फत चीनप्रति विरोध गर्ने समाचार बनाएको साथै अष्ट्रेलिया चीनबीचको सम्बन्धमा क्षति पुर्‍याउने नकारात्मक गतिविधिहरू चलाएको सो प्रतिवेदनमा पनि उल्लेख छ।

जानकारी तथा लेखहरु