फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा विश्वमा खोपको निष्पक्ष वितरण कार्यको प्रबर्द्धन

(GMT+08:00) 2020-10-22 19:37:00

बितेका केही दिनयता चीन "नयाँ कोरोना महामारी खोप लागु परियोजना"मा संलग्न भएको कुराले विश्वका सञ्चार माध्यमहरूको उच्च ध्यानआकर्षण भएको छ। अन्तर्राष्ट्रिय समाजले चीनको विस्तृत रुपमा सराहना गरेको छ। खोपको अनुसन्धान र उत्पादन क्षमता विश्वको अग्र स्थानमा रहेको मुलुकको हैसियतले हालसम्म चीनका ४ किसिमका नयाँ कोरोना खोपले तेस्रो चरणको वास्तविक परीक्षणमा प्रवेश गरिसकेका छन्। साथै चीनको पर्याप्त उत्पादन र आत्म उपलब्ध गराउने क्षमता रहेको छ। किन चीन विश्व स्वास्थ्य संगठन र विश्व खोप गठबन्धनद्बारा संयुक्त प्रस्तावित त्यस लागु परियोजनामा संलग्न भएको छ? चीन सरकारले बितेका केही दिनयता धेरैपटक जोड दिए जस्तै यो कारवाहीको मुख्य उद्देश्य विश्वमा खोपको निष्पक्ष वितरणलाई प्रबर्द्धन गर्ने, खोप पाउने विकासोन्मुख मुलुकलाई प्रत्याभुति दिलाउने र त्यस परियोजनामा संलग्न र त्यसलाई समर्थन गर्न अझ बढी क्षमता बोकेका मुलुकलाई प्रेरणा दिने भन्ने रहेको छ। विश्वले महामारीको सामना गर्ने महत्वपूर्ण अवधिमा चीनले वास्तविक कदमबाट के प्रमाणित गरिएको छ भने खोपलाई विश्वको सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाउने सन्दर्भमा चीनको भनाइ र गराइमा एकीकृत देखिन्छ।

सुरक्षित खोपको दिगो र स्थिर आपूर्ति नै उक्त लागु परियोजनालाई अघि बढाइने पूर्वाधार रहेको छ। चीन सो परियोजनामा संग्लन भएको कुराबाट अवश्य नै त्यस परियोजना सुचारु रुपमा अघि विकसित हुन विश्वको विश्वासलाई बढाइएको छ।

खोपको अनुसन्धान र उत्पादन गर्ने चीनको अग्रसर स्तर र सुरक्षाको अन्तर्राष्ट्रिय समाजले सकारात्मक मूल्याङ्कन गरेको छ। युरोपेली संघ परिषद्का अध्यक्ष युर्सुला भोन्देर लेयनले एउटा लेख प्रकाशित गर्दै उक्त परियोजना संलग्न भएकोमा चीनको स्वागत गर्नुभएको छ। रोइटर्सले चीनको परियोजनामा संलग्न भएको कुराले त्यस परियोजना अघि विकसित हुने गतिलाई तीव्र पार्ने जनाएको छ।

जानकारी तथा लेखहरु