फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# शान्तिमय विकास र आत्मनिर्भरताले चीनलाई अझै सफल बनाउने

(GMT+08:00) 2020-10-23 15:14:24

चिनियाँ जन स्वयमसेवक सेनाले उत्तर कोरियामा अमेरिका विरूद्ध गरेको उद्धार युद्धको सत्तरीऔं वार्षिकोत्सव समारोह आज अक्टुबर २३ तारिख पैचिङमा आयोजना भएको छ।

चीनले कहिले पनि राज्य विस्तार गर्न चाहेको छैन साथै प्रभुत्ववाद पनि खोजेको छैन र दृढतापूर्वक वर्चस्ववाद र शक्ति राजनीतिको विरोध गर्दै जाने छ। यी सबैले चिनियाँ संस्कृतिको सामन्त अवधारणा झल्काउँदछ। मानव जातिको भाग्य समुदायको रचनालाई बढाउने नै नयाँ चीनको अवधारणाको ठोस अभिव्यक्ति हो। आज आयोजित समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जिम्मेवार ठूलो मुलुकको रूपमा रहेको चीनले शान्ति, विकास, न्याय, निष्पक्ष, प्रजातान्त्रिक, स्वतन्त्रता लगायत समस्त मानव जातिको साझा मूल्य, संयुक्त सल्लाह, निर्माण तथा आदान प्रदान गर्ने विश्व व्यवस्थापनको धारणा, शान्तिपूर्ण, खुला, सहयोगी तथा साझा विकासको बाटोमा अडिग रहने पनि दोहोर्याउनुभएको छ।

चीन राष्ट्र सदा आफ्नो निहित शक्तिमा विश्वास राख्दछ र इतिहासदेखि नै आत्मनिर्भर रहँदैआएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले चीनले आर्थिक सामाजिक विकासलाई अघि बढाउनुपर्ने निरन्तर रूपमा मिलिजुली राष्ट्रिय शक्तिलाई सशक्त बनाउनुपर्ने, उच्च गुणस्तरीय, उच्च कार्यकुशलता, समान, दिगो विकास, अझै सुरक्षित विकास गर्नुपर्ने, निरन्तर रूपमा विश्वलाई अचम्म लाग्ने विशाल चमत्कारको सिर्जना गर्नुपर्ने औंल्याउनुभएको छ।

शान्तिमय विकास र आत्मनिर्भरताले चीनलाई अझै सफल बनाउने छ।

जानकारी तथा लेखहरु