फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुराना क्रान्तिकारी र शहीदप्रति श्रद्धाञ्जली: राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2020-10-23 15:44:38

चिनियाँ जन स्वयमसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा अक्टोबर २३ तारिख पैचिङमा एक समारोहको आयोजना गरिएको छ। चीनका शीर्ष नेता सी चिन फिङले पुराना क्रान्तिकारीले अन्तर्राष्ट्रिय न्याय, विश्व शान्ति, नव स्थापित गणतन्त्रको संरक्षणका लागि गरेका अविस्मरणीय योगदानबाट प्राप्त उपलब्धिसँगै उक्त युद्धमा निधन भएका शहीदप्रति सदा सम्झना रहिरहने व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राज्य परिषद र केन्द्रिय सैन्य आयोगको तर्फबाट जीवित चिनियाँ जनता स्वयमसेवक सेना तथा युद्धमा घाइते र अङ्गभङ्ग भएका सम्मानित सैनिकलाई अभिवादन ज्ञापन गर्नुका साथै विश्वका समस्त शान्ति प्रेमी मुलुक र जनता, मैत्रीपूर्ण संगठन तथा मैत्रीपूर्ण व्यक्तिको समर्थनप्रति आभार व्यक्त गर्नु हुँदै चीन र उत्तर कोरियाबीचको मित्रताको उच्च प्रशंसा गर्नुभएको छ।

जानकारी तथा लेखहरु