फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ: अमेरिकी आक्रमणको प्रतिरोध र उत्तर कोरियाको उद्धार युद्धको जीतबाट घर र देशमा शान्ति ल्याएको छ

(GMT+08:00) 2020-10-23 15:45:30

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकाको आक्रमणको प्रतिरोध र उत्तर कोरियाको उद्धार युद्धको जीतबाट चीन राष्ट्रको महान पुनरुत्थानको लागि महत्वपूर्ण जीवकोष भएको बताउनुभएको छ। आक्रमणकारीहरूले नयाँ चीनलाई घेर्न खोजेको र चिनियाँ जनताले प्रतिकार गरी देशलाई सुरक्षित र शान्तिमय बनाउन सफल भएको र चिनियाँ जनताको हिंसाविरूद्ध पछि नहट्ने तथा दृढ आत्मशक्ति प्रदर्शन भएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ जन स्वयमसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धले चिनियाँ जनताको भावना प्रदर्शन गर्नुका साथै नयाँ चीनको रूपमा ठूलो देशको हैसियत स्थापना गरेको र विश्व शान्तिको रक्षा गर्न चिनियाँ जनताको दृढ प्रतिबद्धतालाई पूर्ण रूपमा प्रदर्शन गरेको र युद्ध र जीतका लागी चीनको जन स्वयमसेवक सेनाको सामर्थ्य पूर्ण रुपमा प्रदर्शन गरेको पनि औंल्याउनुभयो। साथै उहाँले कुनै पनि देश वा सेना शक्तिशाली भए तापनि यदि कमजोरमाथि आक्रमण गरेमा अवश्य पनि उक्त देश या सेना ढिलोचाँडो ध्वस्त हुने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु