फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको क्वै चौ प्रान्त चट्टानी मरूभूमिको आर्थिक विकास

(GMT+08:00) 2020-10-23 16:26:12

वैज्ञानिक समुदायका अनुसार चट्टानी जग्गामा भएको मरूभूमिकरण "पृथ्वीको क्यान्सर" मानिन्छ। चीनको दक्षिण पश्चिमी क्षेत्रको क्वै चौ प्रान्त अन्तर्गत चन फङ जिल्लामा रहेको तिन थान क्षेत्रको जग्गा ९५ प्रतिशत भन्दा बढीको चट्टानी मरूभूमि छ। हाल सो मरूभूमि सुधार गर्नका लागि चीनले सो क्षेत्रको विषेशताको बमोजिम टिमुर रोप्ने गरिएको छ। यो उपाय गरेपछि पहिला चट्टानी मरूभूमिलाई प्रभावकारीको रूपमा रोकिएको छ र यसका साथै सो क्षेत्रको आर्थिक विकास पनि भएको छ। सो पूरै क्षेत्रमा रोपिएका टिमुरका रूख स्थानीय गरिबी निवारण "फाइदा कमाउने रूख"भएका छन्।

तथ्याङक अनुसार चन फङ जिल्लाको टिमुर रोपिएको क्षेत्रफल ८१ हजार मु पुगेको र चालु बर्ष सो टिमुर उत्पादन भएको क्षेत्रफल ४५ हजार मु पुगेको छ। यसबाट १२ करोड चिनियाँ युआनको आम्दानी भएको समाचारमा जनाइएको छ।

जानकारी तथा लेखहरु