फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वैदेशिक व्यपारमा बृद्धि

(GMT+08:00) 2020-10-23 19:21:48

चालु बर्षका तीन त्रैमासिक अवधिमा चीनको विदेशी व्यपार मात्रा बृद्धि भएको देखिन्छ। गत सेप्टेम्बरमा मात्रै चीनको आयात निर्यात र विदेशी लगानी भित्र्याउने मात्रा समते व्यापारिक बृद्धिदर १० प्रतिशतभन्दा बढी बृद्धि भएको छ। विश्वको आर्थिक परिस्थिति गम्भीर भएको वातावरणमा चीनले दृढताका साथ खुलापन तथा सुधार गर्दैआएको छ। चीनका यस्ता सक्रिय गतिविधिले विश्वको आर्थिक पुनरूत्थानमा शक्ति थपिदिएको छ। साथै यसबाट चीनले एक ठूलो मुलुकको रूपमा जिम्मेवारी वहन गर्नसक्ने कुरा पनि देखाएको छ।

चीनको वाणिज्य मन्त्रालयको विदेशी लगानी विभागका प्रमुख चौ छाङ छिङले अक्टोबर २२ तारिख आयोजित पत्रकार सम्मेलनमा गएको तीन त्रैमासिक अवधिमा चीनले विदेशी लगानीलाई प्रयोग गरेको वास्तविक रकम ७ खर्ब १८ अर्ब ८१ करोड चिनियाँ युआन पुगेको र गत बर्षको तुलनामा ५.२ प्रतिशतले बृद्धि भएको बताउनुभयो। सो तथ्याङ्क अनुसार यसदेखि चीनले विदेशी लगानी भित्र्याउने मात्राको बृद्धिदर पहिलो पटक नकारात्मक परिस्थितिबाट सकारात्मक अवस्थामा परिवर्तन भएको पनि उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु