फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिको माया गर्ने चिनियाँ जनतालाई कुनै पनि उत्तेजनाले सर्साउन नसक्ने

(GMT+08:00) 2020-10-23 19:27:25

"अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता दिने महान संघर्षले साम्राज्यवादीको थिचमिचो र अतिक्रमणको प्रतिरोध गरेको तथा नयाँ चीनको सुरक्षाको संरक्षण गरेको छ। साथै त्यस संघर्षले चिनियाँ जनता शान्तिपूर्ण रुपमा बसोबास गर्न प्रत्याभूति दिलाएको र कोरियाली प्रायद्बीपको परिस्थितिलाई स्थिर पारेको र शान्ति तथा विश्व शान्तिको संरक्षण पनि गरेको छ।" चीनका सर्वोच्च नेता सी चिनफिङले अक्टोबर २३ तारिख चिनियाँ जन स्वयं सेनाले अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता दिन स्वदेश छाडेर संघर्ष गरेको ७० औँ वार्षिकोत्सव स्मरण सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै उक्त कुरा औँल्याउनुभएको हो।

आफ्नो सम्बोधनमा सी चिनफिङले सम्पूर्ण रुपमा त्यस संघर्षको जटिल प्रक्रिया र ऐतिहासिक अर्थको पुन:सिंहावलोकन गर्नुका साथै अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता जोशको प्रशस्त विषय र युगको मूल्यको पनि गहन रुपमा ब्याख्या गर्नुभएको छ।

सी चिनफिङको उक्त सम्बोधनले अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता संघर्षका ५ बुँदे प्रस्तावको निचोर्ड निकाल्नुका साथै चीनले दृढताका साथ देशको भूखण्डको सार्वभौमिकता र एकीकरणको संरक्षण गर्ने र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताको संरक्षण गर्ने स्पष्ट संकेत पनि दिएको छ।

शान्तिको माया गर्ने चिनियाँ जनतालाई कुनै पनि उत्तेजनाले तर्साउन सक्ने छैन।

जानकारी तथा लेखहरु