फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन स्वयं सेनाले अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता दिन स्वदेश छाडेर संघर्ष गरेको ७० औँ वर्षको स्मरण समारोह

(GMT+08:00) 2020-10-23 19:30:37
आज, अक्टुबर २३ तारिख बिहान चिनियाँ जन स्वयमसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धको सत्तरीऔं वार्षिकोत्सव समारोह पैचिङमा आयोजना भइरहेको छ। हाल चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महाधिवेशनमा सम्बोधन गर्दै हुनुहुन्छ।

सन् १९५० को जुनमा कोरियाली प्रायद्वीपमा आन्तरिक युद्ध शुरू भएपछि अमेरिकी सरकारले सेना पठाएर युद्धमा हस्तक्षेप गरी उत्तर कोरियामाथि आक्रमण गरेको थियो। चिनियाँ सरकारले दिएको चेतावनीको बेवास्ता गरी अमेरिकी सेना चीन तथा उत्तर कोरियाको सीमा नजिकसम्म आएको थियो। अमेरिकी सेनाले युद्धक विमानबाट चीनका उत्तर पूवी सीमावर्ती सहर गाउँमा वायु आक्रमणसमेत गरेको थियो। उत्तर कोरियाको अनुरोधमा चीनले चिनियाँ जन स्वयमसेवक सेनालाई सन् १९५० को अक्टुबरमा उत्तर कोरियामा अमेरिकी आक्रमण विरूद्ध युद्ध गर्न पठाएको थियो।

दुई वर्ष नौ महिनासम्म चलेको उक्त युद्धमा विश्व युद्ध इतिहासमा कमजोर मानिएको सैनिक समूहबाट शक्तिशाली सैनिक पराजित भएको थियो। जसबाट एउटा उदाहरण नै स्थापना भएको छ। अमेरिकीविरूद्ध युद्धमा उत्तर कोरियाली जनताले अमेरिकी आक्रमणको प्रतिरोधमा समर्थन गर्नुका साथै प्रजातान्त्रिक जन गणतन्त्र कोरिया र जन गणतन्त्र चीनको स्थापनाको एक वर्ष मात्र पूरा भएको अवस्थामा सुरक्षा तथा संरक्षण गरेर क्षेत्रीय सँगसँगै विश्व शान्तिमा योगदान दिएको थियो।

जानकारी तथा लेखहरु