फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#कुनै पनि देश अथवा बाह्य शक्तिले चीनको शान्तिपूर्ण विकासलाई रोक्न नसक्ने

(GMT+08:00) 2020-10-24 17:14:17

अक्टोबर २३ तारिख चिनियाँ जन स्वयंसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धको ७० औं वार्षिकोत्सव समारोह पैचिङमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो समारोहमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ जन स्वयंसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धले चिनियाँ जनताको भावना प्रदर्शन गर्नुका साथै विश्व शान्तिको रक्षा गर्न चिनियाँ जनताको दृढ प्रतिबद्धतालाई पूर्ण रूपमा प्रदर्शन गरेको र युद्ध तथा जीतका लागि चीनको जन स्वयंसेवक सेनाको सामर्थ्य पूर्ण रुपमा प्रदर्शन गरेको पनि औँल्याउनुभयो।

चिनियाँ जन स्वयंसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धबाट शान्ति र विकास इतिहासलाई रोक्ननसक्ने प्रवाह भएको प्रमाणित छ। चीन राष्ट्रले प्राचीन कालदेखि नै शान्तिको माया गर्दै आएको छ। चीनले रक्षात्मक राष्ट्रिय रक्षा नीतिको अवलम्बन गर्दै आएको छ। चिनियाँ सेनाले विश्व शान्तिको संरक्षण गर्ने एउटा दृढ शक्ति हो। उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धमा चीनले प्राप्त गरेको विजय विश्व शान्तिको संरक्षणका लागि पुर्‍याएको महत्वपूर्ण योगदान पनि हो। तथापि शान्तिपपूर्ण विकासका साथै चीनले आफ्नो उचित हक-हित नत्याग्ने र मुलुकको राष्ट्रिय केन्द्रीय हितका लागि शिर ननिहुरिने निश्चित छ। चिनियाँ जनता शान्तिको माया गर्छन्, तथापि यदि चीनका राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकासमाथि उल्लंघन गर्ने हो भने चिनियाँ जनताले त्यसलाई गम्भीर रुपमा आक्रमण गर्नेछन्।

हिजोआज केही अमेरिकी कूटनीतिज्ञहरुले धुमधामसँग चीनमाथि हिलो छ्यापेर चीनको शान्तिपपूर्ण विकासलाई रोकथाम गर्न खोजेका छन्। उनीहरुले शान्तिपूर्ण विकास वर्तमान युगको प्रवाह हो भन्ने कुरा राम्रोसँग बुझेका छैनन्। उनीहरुको गतिबिधि युगको प्रवाह विपरीत छ। उनीहरुको कुचेष्टा अवश्यनै विफल हुनेछ।

जानकारी तथा लेखहरु