फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वदेश फर्किदैँ बहराइनका राजकुमारले भन्नुभयो 'नेपालमै बसौँबसौँ लाग्यो'

(GMT+08:00) 2020-10-24 17:17:41

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले हिमाल नै थाहा नभएको आफूलाई हिमाल चढ्दा नेपालमै बसौँबसौँ लागेको बताउनु भएको छ। मनास्लु र लोबुचे हिमालको आरोहण सम्पन्न गरेर शुक्रबार बहराइन फर्कने क्रममा उहाँले नेपालको प्राकृतिक सौन्दर्यबाट आफू ज्यादै रोमाञ्चित भएको बताउनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, हिमाल चढ्दा र नेपाल बसाइको अनुभव मध्यपूर्वका जनतालाई बाँड्नेछु। नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन। यहाँको आतिथ्यदेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यको अनुभव साँच्चै स्मरणीय रह्यो।

राजकुमारसहितको आरोहण टोलीलाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नु भएको थियो। बिदाइ भेटमा मन्त्री भट्टराईले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन आग्रह गर्नु भएको छ। त्यस्तै नेपालका हिमाल आरोहण गरेर पूरै मध्यपूर्वमा नेपालको सौन्दर्यका बारेमा प्रचार भएको भन्दै उहाँले राजकुमार खलिफाप्रति आभार व्यक्त गर्नुभयो।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफासहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो। राजकुमारको उक्त आरोहण टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक थिए। उक्त टोलीले ८१६३ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो। मनास्लु हिमाल बेस क्याम्पबाट टोलीले आठै दिनमा सफल आरोहण गरेको थियो। आरोहणका क्रममा टोलीले मनास्लु हिमालको एक हजार नौ सय किलो ग्राम फोहोरमैला सफा गरेको थियो।

जानकारी तथा लेखहरु