|
|
|
|||||||||
|
||

फुचेन थुलौ भन्ने एक किसिमको भवन हो। त्यो वास्तु शैली मुख्यत: चीनको फुचेन प्रान्तको चाङ चौ शहर मातहतका नान चिङ जिल्ला, ह्वा आन जिल्ला र लोङ येत शहर मातहतको योङ तिङ जिल्ला आदि क्षेत्रमा प्रचलित छन्। ती वास्तु स्थानीय माटोबाट बनाइन्छ। त्यसको बाह्य भित्ता १/२ मिटर अग्लो हुन्छन् भने १ तला र २ तलाका झ्यालहरू कहिल्यै पनि खोल्नु हुँदैन। समस्त भवनमा एउटै मात्र द्बार खोलिन्छ।

त्यस्तो विशेषतायुक्त भवनलाई सन् २००८ मा विश्व सम्पदा सूचिमा समावेश गरिएको छ। अनि सन् २०११ मा फुचेन थुलौ प्रतिनिधि रहेको नान चिङ क्षेत्र राष्ट्रिय ५ तारे पर्यटकीय स्थल बनेको छ। त्यसैगरी बाटुलो भाँडो जस्तै ती पुराना भवनहरू स्थानीय बासिन्दाले विपन्न अवस्थाबाट मुक्ति हुने, लाभान्वित हुने र सम्पन्न जीवनको सिर्जना गर्ने "सुनौलो कचौरा" बनिसकेको छ।
प

र्यटन सम्बन्धी प्रचार प्रसार हुँदै आएको सिलसिलामा फुचेन थुलौ पनि झन् झन् नामी बन्दै गएको छ। हरेक दिन त्यहाँ घुम्ने देशी र विदेशी पर्यटकको संख्या निकै बढी हुन्छ। पहिले बाहिरमा काम गर्न आएका केही फुचेनबासीहरूले आफ्नो जन्मथलोको यस्तो परिवर्तन देख्दा सोच नगरिकन जन्मस्थल फर्केर थुलौ सम्बन्धी पर्यटन व्यवसाय पनि चलाउँदै आएका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||