फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकले ५ वटा कदम चालेर महामारीको सामना गर्न विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकको आह्वान

(GMT+08:00) 2020-10-24 18:54:34

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार, युरोपेली मध्य भागको ग्रीष्मकालीन समय अनुसार, अक्टोबर २३ तारिख दिउँसो ३ बजेर ३४ मिनेट जाँदा पुरै विश्वमा नयाँ कोरोना महामारी संक्रमितको कुल संख्या ४ करोड १५ लाख ७८ हजार ८ सय ३० पुगेको छ। ती मध्ये ज्यान गुमाउनेको संख्या ११ लाख ३४ हजार ९ सय ४० पुगेको छ। विश्वमा नयाँ थपिएको संक्रमितको संख्या ४ लाख ४५ हजार ४ सय १९ रहेको छ भने प्रतिदिन नयाँ थपिएको संक्रमितको संख्याले महामारी देखा परेयता नयाँ किर्तिमानको पनि सिर्जना गरेको छ। यसका अतिरिक्त नयाँ थपिएको मृतकको संख्या ६ हजार ५ सय १२ रहेको छ।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अद्घानोम घेब्रेएसुसले हाल विश्वको महामारी अवस्था विशेषत: उत्तरी गोलार्धको अवस्था निकै खतरनाक अवधिमा रहिरहेको भन्दै तत्काल वास्तविक कदम चालेर मृत्यु हुने दर रोक्न विभिन्न मुलुकका नेताहरूलाई आह्वान गर्नुभएको छ।

उहाँले ५ वटा महत्वपूर्ण कदम अपनाउन विभिन्न मुलुकका सरकारलाई पनि आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु