फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाले गर्दा यो वर्ष खुलेन तलेजु भवानीको मन्दिर

(GMT+08:00) 2020-10-25 16:21:44

 यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन। काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुला नगरिएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ। बडादसैँको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरूको भिड लाग्ने गर्छ। यसअघिका वर्षहरूमा नवमीका दिन दर्शनार्थीहरूले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए।

तर, कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको हो। नेपाल सरकारले पनि औपचारिक सूचना जारी गरी कुनै पनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ।

तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरूले भने बन्द मन्दिरको मुल ढोकामा पूजा गरिरहेको भेटियो। परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन। मनोकांक्षा, भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने चलन छ।

नेपालभरि भएका देवी शक्ति मन्दिरहरूमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ।

जानकारी तथा लेखहरु