|
|
|
|||||||||
|
||

अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता दिन स्वदेश छाडेर संघर्ष गरेको ७० औँ वार्षिकोत्सव सम्बन्धी शृंखलाबद्ध मुख्य विषयक प्रकाशन सामग्रीको विमोचन समारोह अक्टोबर २५ तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार मन्त्रालयका उपप्रमुख एवं चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले सो समारोहमा सहभागी हुँदै अनावरण गर्नुभएको छ।

चिनियाँ जन स्वयं सेनाले अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता दिन स्वदेश छाडेर संघर्ष गरेको ७० औँ वार्षिकोत्सवको सम्झनाका लागि चाइना मिडिया ग्रुपले हाल सीसीटीभीका मिलिजुली च्यानल, सांस्कृतिक च्यानल, चिनियाँ भाषा र अन्तर्राष्ट्रिय च्यानल, विज्ञान र शिक्षा च्यानल, राष्ट्रिय प्रतिरक्षा र सैनिक च्यानल, अधिकांश रेडियो फ्रिक्वेन्सी र विभिन्न नयाँ मिडियाका एप्लिकेसनमार्फत शृंखलाबद्ध वृत्त चित्र प्रस्तुत गरेको छ।

ती वृत्त चित्रको प्रसारण गरिएपछि तुरुन्तै समस्त समाजले निकै सकारात्मक प्रतिकृया जनाएका छन्। अवलोकन गरेका दर्शकको कुल संख्या १ अर्ब ९० करोडभन्दा बढी पुगेको छ। आजैदेखि तीमध्येका ४ वटा उत्कृष्ट वृत्त चित्रलाई मुख्य विषयको प्रकाशन सामग्री स्वरुप पूरै विश्वसमक्ष प्रकाशन गरिँदैछ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||