फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न जातीय समूहहरू सिञ्च्याङ बाहिर रोजगारी पाइरहेको रिपोर्ट

(GMT+08:00) 2020-10-26 18:35:44

हालसालै केही अमेरिकी सिनेटले युगुर जातीय जनता जबरजस्ती श्रम रोकथाम भन्ने कानून प्रस्ताव गरेका छन् जसको तर्कमा सिञ्च्याङमा "शिक्षा र प्रशिक्षण केन्द्र"मा र देशभरका सम्बन्धित कम्पनीहरुमा बृहत रुपमा प्रणालीगत "जबरजस्ती श्रम" भन्ने रहेको उल्लेख छ। अमेरिका र अष्ट्रेलियाका थिंक ट्यांकले रिपोर्ट जारी गरेका छन् कि गरिबी न्यूनीकरण योजनाको आडमा चीनले सिञ्च्याङमा युगुर, काजक र अन्य जातीय अल्पसंख्यकलाई श्रम गर्न बाध्य तुल्याएको छ।

चिनियाँ आधिकारिक मिडिया रिपोर्टका अनुसार चीनले जनताको अस्तित्व र विकासको अधिकारलाई प्राथमिकतामा राख्दछ र रोजगारी जनताको सबैभन्दा ठूलो आजीविका हो। हालैका वर्षहरुमा सिञ्च्याङले सबै जातीय समूहका जनताको जीवनस्तर सुधार गर्न, रोजगार र गरिबी न्यूनीकरण नीतिहरु कार्यान्वयन गरेको छ। मानव अधिकार संरक्षणको मामिला नयाँ ऐतिहासिक सुरुवात बिन्दुमा उभिएको छ।

माथिका दुई बिल्कुल भिन्न अभिव्यक्तिहरूलाई हेर्दा चीनको दक्षिण-पश्चिम राजनीति विज्ञान तथा कानून विश्वविद्यालयको मानव अधिकार सम्बन्धी इन्स्टिच्यूटले सबै पक्षलाई सम्मान गर्ने आधारमा तथ्यहरू बोल्नुपर्ने भन्दै "विभिन्न जातीय समूहले बाहिर काम गरिरहेको सिञ्च्याङ युवाहरूको अनुसन्धान रिपोर्ट" तयार पारेको छ।

अनुसन्धान टोलीले फेला पारेको छ, पहिलो, सिञ्च्याङमा गरिबीको समस्या प्रमुख छ र गरिबी निवारण अत्यावश्यक छ। दोस्रो, सिञ्च्याङमा माध्यामिक र तेश्रो तहका उद्योगहरूको द्रूत विकासले श्रमको माग बढेको छ र सिञ्च्याङका जनसंख्यालाई बढी रोजगारीको अवसर प्रदान गर्दैछ। यस अवधिमा, सिञ्च्याङमा गरिब महिलाको अधिकारको संरक्षणमा पनि लगातार सुधार गरिएको छ। तेस्रो, सबै सिञ्च्याङ कर्मचारीहरू स्वेच्छाले काममा बाहिर जान्छन्। काम उपलब्ध गराइएको कारणले सिञ्च्याङका कर्मचारीहरूको आर्थिक अवस्थामा ठूलो सुधार आएको छ, उनीहरूको जीवनस्तर सुधारिएको छ र थप विकासका अवसरहरूको आनन्द लिइएको छ। चौथो, चीनले श्रमिकहरूको हितको रक्षा गर्न कानुनी रूपमा सम्बन्धित नीतिहरू स्थापना गरेको छ, र कानुनी रूपमा "जबरजस्ती श्रम" व्यवहारलाई कडाइका साथ निषेध गर्दछ।

जानकारी तथा लेखहरु