फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षा हितको दृढतापूर्वक गर्न यथोचित कदम चाल्नेः परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2020-10-27 18:32:48

अमेरिकाले २६ तारिख ताइवानलाई २ अर्ब ४० करोड डलर बराबरको "हारपुन" क्रूज क्षेप्यास्त्र प्रणाली बिक्रीलाई अनुमोदन गरेको छ। अक्टोबर २७मा चीनका परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक रिपोर्टरले सो बारेमा प्रश्न गरेका छन्।

जवाफमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ताइवानमा हतियार बिक्री गर्ने अमेरिकाको कदमले "एक चीन" नीतिको गम्भीर उल्लंघन गरेको भन्दै चीनको आन्तरिक मामिलामा हुने हस्तक्षेपले चीनको सार्वभौमिकता र सुरक्षा हितमा गम्भीर रूपमा क्षति पुर्‍याएको टिप्पणी गर्नुभएको छ।

उहाँले अमेरिकाको कार्यले ताइवानको स्वतन्त्र अलगाववादी सेनाप्रति गलत संकेत पठाइएको औंल्याउनुभयो। अमेरिकाको कार्यले चीन-अमेरिका सम्बन्ध र ताइवान सामुद्रिक शान्ति र स्थायित्वलाई गम्भीर क्षति पुर्‍याएकोले चीनले दृढताका साथ यसको प्रतिवाद गर्ने दोहोर्याउनुभयो।

चीनले अमेरिकालाई "एक चीन" नीति र चीन-अमेरिका तीन वटा विज्ञप्तिका प्रावधानको पालना गर्न, ताइवानलाई हतियार बेच्ने कार्य तत्काल रोक्न र अमेरिका-ताइवान सैन्य सम्बन्ध रोक्न आग्रह गरेको बताउँदै प्रवक्ता वाङले भन्नुभयो, 'अन्यथा चीनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षा चासोहरूको दृढताका साथ रक्षा गर्न उचित र आवश्यक कदम चाल्नेछ।'

जानकारी तथा लेखहरु