फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका ८३२ गरिब जिल्ला ई-वाणिज्य सेवामा जोडिए

(GMT+08:00) 2020-10-27 18:33:13

चीनका ८३२ गरिब जिल्लामा ई-वाणिज्य सेवा राखिएको छ। पूर्ण राष्ट्रको ग्रामीण क्षेत्रमा इन्टर्नेट बिक्री रकम सन्२०१४को १ खर्ब ८० अर्बदेखि सन्२०१९को १७ खर्ब युआनसम्म बढेको छ। हाल क्वी चौ प्रान्तको क्वी याङ शहरमा आयोजना भएको सन्२०२० राष्ट्रिय नेटवर्क गरिबी निवारण अन्तर्गत डिजिटल ग्रामीण क्षेत्र विकास काम प्रवर्द्धन सम्मेलनमा उक्त कुरा जानकारी दिइएको छ।

यस सम्मेलनको अवसरमा चीन मोबाइल,अलिबाबा,चीन इन्टर्नेट विकास कोष लगायत ३८ व्यवसाय,सामाजिक संगठनले ४२ गरिब जिल्लासँग ७७ इन्टर्नेट गरिबी निवारण सहायता परियोजना संचालन गरेका छन्। यी परियोजनामा कृषि विशेषतायुक्त उत्पादन वस्तुको अनलाइन बिक्री,अनलाइन शिक्षा,ई-वाणिज्य तालिम लगायत विषय समेटिएका छन्।

जानकारी तथा लेखहरु