|
|
|
|||||||||
|
||

विश्लेषकहरूले अमेरिकालाई अन्तर्राष्ट्रिय वातावरणीय सहयोगमा सबैभन्दा ठूलो अवरोधक र समस्या सिर्जनाकारको रूपमा मान्यता प्राप्त भएको औंल्याएका छन्।

चीनका परराष्ट्र मन्त्रालयको वेबसाइटले हालसालै "अमेरिकाद्वारा वातावरण विनाशको सूची" र "अमेरिकाले ग्लोबल वातावरणमा क्षति सम्बन्धी रिपोर्ट" यी दुई दस्तावेजहरू सार्वजनिक गरेको छ। जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता फिर्ता लिनु, अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्न असफल हुनु, धेरै क्षेत्रहरुमा बहुपक्षीय वातावरणीय सन्धिहरुबाट अलगिनु र बहुपक्षीय वातावरणीय प्रक्रियामा बाधा पुर्याउनु भनेको अमेरिकाले वातावरणीय क्षेत्रमा गरेको नकाम हो।
मानिसहरुको एउटै पृथ्वी छ। वातावरण संरक्षण र दिगो विकासलाई बढाउनु सबै देशहरूको साझा जिम्मेवारी हो। वास्तवमा चीन र यूरोपेली संघ जस्ता ठूला देशहरू र संगठनहरूले संयुक्त राष्ट्रसंघको सबै मानवजातिको दीर्घकालीन हितका लागि वातावरणीय संरक्षणका लक्ष्यहरू तय गर्न सक्रिय समर्थन गरिरहेका छन् र आफ्नो जिम्मेवारी जारी राखेका छन्।

अर्कोतर्फ, अमेरिकामा केही राजनीतिज्ञहरू आफ्नै राष्ट्रिय प्राथमिकता र छोटो अवधिको स्वार्थलाई विकृत रूपमा अपनाइरहेका छन् र विश्वव्यापी वातावरणीय सुरक्षाको विपरीत उभिएका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||