फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# के नेपालमा चीनको गरिबी निवारण अनुभवलाई अपनाउन सकिन्न र?

(GMT+08:00) 2020-10-28 10:46:57

चीनको अक्टुबर सुनौलो सप्ताहमा चिनियाँ चलचित्र 'म र मेरो गृहनगर' ले चिनियाँहरूको ध्यान आकर्षित गरेको थियो, पाँचवटा कथालाई सुत्रबद्ध गरिएको यस चलचित्रमा एउटा कथामा भने एक जना गरिबी निवारण क्षेत्रमा काम गर्दैआएका कर्मचारीको कथा उल्लेख छ। मा ल्याङ एक युवा चित्रकार हुन्, उनले काम गरेको सहरी सांस्कृतिक विभागले उनलाई गाउँमा गरिबी निवारण काम गर्न खटाएको छ। एक चित्रकारले गाउँमा गरिबी निवारणको काम कसरी गर्ने र के गर्न सक्छ त? यहाँ सर्वप्रथम चीनको गरिबी निवारणको विशेषताबारे जानकारी दिनु उपयुक्त हुन्छ।

चीनको गरिबी निवारण नियममा चिनियाँ कम्युनिष्ट पार्टी, सरकार तथा सैनिक केन्द्रिय विभाग जोड राष्ट्रिय ठूलो व्यवसायले प्रत्यक्ष रूपमा एउटा गरिब जिल्ला अथवा गाउँलाई सहयोग गर्ने नियम छ। उक्त विभागले आफ्नो विशेषता अथवा दक्ष व्यक्तिमार्फत गाउँलाई सहयोग गर्नुपर्छ। यो लेखकलाई सन् २०१७ मा चीनको क्वाङ तोङ प्रान्तमा यस्तै दृश्यसँग साक्षात्कार गर्ने अवसर मिलेको थियो। क्वाङ तोङ प्रान्तको एउटा गाउँमा भटमास उत्पादन कारखानामा गाउँका सचिवसँग अन्तर्वार्ता लिएको थिएँ। उनी एक क्वाङ तोङ गाडी उत्पादन कम्पनीका ईन्जिनियर हुन् र एउटा गरिब गाउँमा गएर गाउँको सचिवको रूपमा आफ्नो ज्ञानको प्रयोग गरी गाउँमा भटमासको उत्पादन व्यवसायको स्थापना गरेका रहेछन्। यता चलचित्रको अन्त्यमा मा ल्याङले पनि आफ्नो चित्र बनाउने श्रेष्ठतालाई प्रयोग गरी सानो गाउँको चामल खेतीलाई चित्रमा उतारेका छन्। विशेष चामल चित्रले धेरै पर्यटकलाई आकर्षित गरेकोले गाउँका बासिन्दाको पनि यसबाट आम्दानीमा वृद्धि भएको छ।

यसै गरी चाइना मिडिया ग्रुप सीएमजीले पनि प्रत्यक्ष सहयोग गरेको एउटा ठाउँ पनि छ---- यो स छुआन प्रान्तको सी द जिल्ला हो। सीएमजीले आफ्नो सञ्चारमाध्यम चौतारोमार्फत सी द जिल्लाका कृषि उत्पादनलाई निःशुल्क विज्ञापन गर्नुका साथै आफ्ना कर्मचारीलाई पनि सी द जिल्लाका विशेष कृषि सामग्री खरीद गर्न आह्वान गरेको छ। यस वर्ष कोभिड-१९का कारण सी द जिल्लाको कृषि उत्पादनको कारोबार पनि ठप्प हुनपुगेको छ। सीएमजीले मिडियाको श्रेष्ठताबाट इन्टरनेटमार्फत यी सामग्रीको बिक्रीमा सहयोग गरेको थियो। केही वर्षयता सीएमजीले पनि धेरै पत्रकारलाई सी द जिल्ला अन्तर्गत गाउँमा काम गर्न खटाउँदैआएको छ। यी पत्रकारले आफ्नो ज्ञान र श्रोतबाट विभिन्न गाउँलाई सहयोग गर्दै आएका छन्।

राष्ट्राध्यक्ष सी चिन फिङले पहिले भन्नुभएको थियोः सरकारी निकायद्वारा गरिएको प्रत्यक्ष गरिबी निवारण चीनको विशेषतायुक्त गरिबी निवारण कार्यको महत्वपूर्ण भाग हो। केही वर्षयता उक्त नियम चीनको गरिबी निवारणमा फलदायक रहेकोले यस अनुभव नेपालमा पनि अपनाउन सकिन्छ कि?

नेपालमा पनि चीनमा जस्तै भौगोलिक कारणले सुविधा नपुगेका र अविकसित जिल्ला तथा गाउँहरू छन्। साथै नेपाल सरकार, विभिन्न पार्टी र भातृ संगठन तथा सेना, प्रहरी यस्ता धेरै संस्थाहरू छन्। यी संस्था र निकायहरूले आफ्ना दक्ष व्यक्ति, प्रविधि, ज्ञानमार्फत प्रत्यक्ष रूपमा विपन्न जिल्ला र गाउँलाई सहयोग गरी विपन्न ठाउँमा ठूलो परिवर्तन ल्याउन सक्छन्। किनभने विपन्नताको कारण यातायातको असुविधा, सूचना तथा ज्ञानका कुराको प्रचार प्रसारमा कमी, दक्ष तथा क्षमतावान् व्यक्तिको पहुँचमा कमी आदि हुन्। जनताको हित कल्याणका लागि सक्दो उपायहरू अवलम्बन गरिनुपर्छ।

जानकारी तथा लेखहरु