फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा मुनिको चुङ छ्व गाउँ

(GMT+08:00) 2020-10-28 18:46:39

 

सगरमाथा मुनिको उत्तरी भागमा पर्ने तिब्बतको सिगात्सेमा को चुङ छ्व गाउँ रहेको छ। ४७ वर्षीय प्यान पा यस गाउँका वासिन्दा हुन्।

खेतीकिसानी बाहेक उनको अर्को पहिचान पनि छ भने प्रथम भेडापालक भन्ने हो। तीस वर्षसम्म घाँसे मैदानमा भेडा पोषण गरेका प्यान पा राष्ट्रको गरिबी निवारण नीतिबाट लाभान्वित भएका छन्।

सन्२०१५को अप्रिलमा नेपालको भूकम्पपछि चीन र नेपालको सिमा नजिक पर्ने चुङ छ्व गाउँले भूकम्पपछि पुनःनिर्माण शुरु गरेको छ।

सरकारी सहायतामा भेडा पालन सहयोग एन्जेसी स्थापना भएको छ। प्यान पाले आफ्ना ८० वटा भेडालाई यस एन्जेसीमा सेयरको रुपमा भित्र्याएका छन्। साथै भेडा पालनको प्रचुर अनुभव भएकाले प्यान पा यस सहयोग एन्जेसीका एक कर्मचारी बनेका छन्। यस एन्जेसीका भेडा बजारमा निकै लोकप्रिय देखिन्छन्।

एन्जेसीको सदस्य बनेपछि प्यान पाको आय पहिलेको शून्यबाट हालको प्रतिवर्ष २८ हजार युआनसम्म पुगेको छ।

भेडालाई सेयरको रुपमा एजेन्सीमा भित्र्याएबाट यस वर्षको अन्तमा प्यान पाले ४० हजार युआन सेयर नाफा बाँड्नसक्ने छन्। सहयोग एन्जेसीले यस गरिब गाउँको अवस्थालाई परिवर्तन गरेको छ। चुङ छ्व गाउँका स्थानीय वासिन्दाहरुको जीवन झन झन राम्रो हुने छ।

जानकारी तथा लेखहरु