फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# १३ औँ पञ्च वर्षीय योजनाका उपलब्धिलाई प्राथमिकतामा राख्दै १४ औँ पञ्च वर्षीय योजनाको नयाँ यात्राको आरम्भ

(GMT+08:00) 2020-10-29 09:47:34

१३ औँ पञ्च वर्षीय योजनाको अवधिमा चीनको आर्थिक शक्ति, वैज्ञानिक र प्राविधिक शक्ति र राष्ट्रिय मिलिजुली शक्ति सबै नै नयाँ उचाइमा पुगेको छ। यस क्रममा चीनले विकासको असन्तुलनबाट ल्याइने विविध समस्या र अन्तर्विरोधको प्रभावकारी रुपमा समाधान गर्नुका साथै धीरताका साथ बाह्य जगतको निकै जटिल वातावरण र बढ्दै आएको चुनौतीको सामना गरेको छ। विशेषत: सन् २०२० चीनका लागि असामान्य वर्ष हो। यस वर्षमा चीनले एकातिर गम्भीरताका साथ नयाँ कोरोना महामारीको प्रतिरोध र नियन्त्रण गरेको छ भने अर्कातिर आर्थिक विकास र खुलापनको पाइलालाई निरन्तर अगाडि बढाइरहेको छ। चीनले विश्व अर्थतन्त्रलाई सकारात्मक र जीवन्त शक्ति थपिदिनुका साथै विश्व सामु विशेषतायुक्त र विश्वासिलो "चिनियाँ शक्ति" पनि देखाएको छ।

१४ औँ पञ्च वर्षीय योजना सम्पूर्ण रुपमा समाजवादी आधुनिकीकरण देशको निर्माण सम्बन्धी नयाँ यात्राको आरम्भ गर्ने र दोस्रो सयौं वर्षको प्रयास लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हुनेछ। यस्तो महत्वपूर्ण उपलक्ष्यमा चीनको सामु पर्याप्त निहित शक्ति र मौका मौजुद रहेको छ साथै अझ जटिल र अप्ठ्यारो कार्यभार र परीक्षण पनि देखा परेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले १४ औँ पञ्च वर्षीय योजनाको तर्जुमा कार्यमा दिनुभएको महत्वपूर्ण निर्देशन बमोजिम चीनले १३ औँ पञ्च वर्षीय योजनाका उपलब्धिलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई स्थिर र राम्रो दिशातर्फ विकसित हुने प्रवृत्तिलाई कायम राखी दृढताका साथ दोस्रो सयौं वर्षको प्रयास लक्ष्यतिर अघि बढ्दै जानेछ।


1  2  
जानकारी तथा लेखहरु