फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक वृद्धिदर सकारात्मकमा प्रवेश

(GMT+08:00) 2020-10-29 15:14:38

चीन राष्ट्रिय तथ्याङ्क ब्युरोले अक्टोबर १९ तारिख प्रकाशन गरको प्रतिवेदन अनुसार, तेस्रो त्रैमासिक अवधिमा चीनको राष्ट्रिय उत्पादित गार्हस्थ्यको कुल मात्रा अर्थात् जीडीपी ४.९ प्रतिशतले वृद्धि भएर दोस्रो त्रैमासिकको वृद्धि प्रवृतिलाई जारी राखेको छ। साथै अघिल्ला तीन त्रैमासिकको जीडीपी गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले बृद्धि भएर नकारात्मकबाट सकारात्मकतिर बढेको छ। यो उपलब्धिले विश्वको महामारी बिरूद्धको कार्य र आर्थिक सुधारलाई प्रोत्साहित गरेको छ।

अधिल्ला तीन त्रैमासिक अवधिमा चीनको आर्थिक वृद्धि दर नकारात्मकबाट सकारात्मकमा सुधार भएको कुराले चीनको महामारी रोकथाम र नियन्त्रण उपाय सही र प्रभावकारी भएको पुष्टि गरेको छ। अर्थतन्त्रको पुनउर्त्थानको आधार चीनले कोभिड-१९ महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरेर चिनियाँ जनताको उत्पादन र जीवन बिस्तारै सामान्यमा फर्किएको पुष्टि भएको छ। प्रारम्भमा वुहानको निर्णायकपूर्व बन्ददेखि ठूलो संख्यामा न्युक्लिक एसिड नमूना र परीक्षणसम्म, चीनले महामारीको बिरूद्धमा विश्वलाई चिनियाँ विशेषतायुक्त जवाफ-पत्र पेश गरेको छ। हाल चिनियाँ बासिन्दाको जीवन स्थिर हुनुका साथै उत्पादन सामान्य भएर बजार अझै पनि समृद्ध बनेको छ। चीनको आर्थिक बृद्धिदर नकारात्मकबाट सकारात्मकमा पनि परिणत भएको छ। यी सबैले उक्त जवाफ-पत्रको शुद्धता पुष्टि गरेका छन्।

अधिल्ला तीन त्रैमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर नकारात्मकबाट सकारात्मकमा सुधार भएको कुराले चिनियाँ अर्थतन्त्रको बलियो शक्ति र लचिलोपन देखाएको छ। जसले विश्व अर्थतन्त्रको सुधारमा पनि सहयोग पुर्‍याउनेछ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रको हैसियतमा चिनियाँ अर्थतन्त्रको पुनउर्त्थान उत्पादन क्षेत्रबाट उपभोग क्षेत्रमा विस्तार भएको छ। यस वर्षको "अक्टोबर १" सुनौनो हप्तामा समृद्धि घरेलु यात्रा र उपभोक्ता बजारले राम्रो प्रमाणित गरेको छ। एकल दिवसका रुपमा "नोभेम्बर ११" किनमेल महोत्सव चाँडै आउँदैछ। विशाल चिनियाँ उपभोक्ता बजारले विश्वको अर्थतन्त्रमा अझ बढी ताजा जैविक शक्ति थप्ने कुरा अनुमान गर्न सकिन्छ।

अधिल्ला तीन त्रैमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर नकारात्मकबाट सकारात्मकमा सुधार भएको कुराले विश्वव्यापी महामारी बिरूद्ध र आर्थिक सुधारलाई प्रोत्साहन रहेको छ। चिनियाँ अर्थतन्त्रको पुनउर्त्थानले सुस्त गतिमा रहेको विश्व अर्थतन्त्रलाई आशा देखाएको छ। चीनको सफलताबाट कोभिड-१९ महामारीलाई प्रभावकारी रोकथाम र नियन्त्रण गरेर सही आर्थिक नीति तथा कदम चालेमा, अर्थतन्त्रको क्रमशः सुधार अवश्य रहेको प्रमाणित पनि हुन्छ।

जानकारी तथा लेखहरु